देवदह । बुटवल-नारायणगढ सडक खण्डको ज्यामिरेदेखि बुटवल सम्म १५ दिन भित्र स्तरीय ग्राभेल गर्ने सहमति भएको छ।
बुधबार देवदह नगरपालिकामा भएको सर्वपक्षीय, सर्वदलीय बैठकमा बुटवल, खैरेनी ज्यामिरे सम्म स्तरीय ग्राभेल, सडकका बिचमा रहेका ड्रेन व्यवस्थापन, जोखिमयुक्त विद्युत पोलतार व्यवस्थापन गर्ने लिखित सहमति भएको हो।
सहमति भए बमोजिम र काम सम्पन्न गर्न र ढिलासुस्ती र हेलचेक्राई गरे निर्माण कम्पनीका जिम्मेवारीमा रहेका कर्मचारी नियन्त्रणमा लिन सिडिओको आदेश रहेकोले सर्वसाधारणको स्वास्थ्यमा खेलवाड नगरि काम सम्पन्न गर्न रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभयो ।
बैठकमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ रुपन्देही जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नगर प्रबक्ता गणेश डुम्रे, वडा अध्यक्ष, राजनीतिक दल तथा व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यवसायी, बुटवल नारायणगढ सडक खण्ड आयोजना प्रमुख शंसाक मिश्र, चाइना स्टेट कम्पनीका प्रतिनिधि कुडुरु, इन्जिनियर योगेश श्रेष्ठ लगायतको उपस्तिथिमा छलफल पस्चात १५ दिन भित्र अनिवार्य रुपमा स्तरीय ग्राभेल गर्ने सहमति भएको हो।
वर्खाको समयमा सडकमा जताततै जोखिम भएको र व्यवस्थापननै नगरिकन निर्माण कम्पनीले काम बन्द गरेपछि स्थानीय व्यसायी आन्दोलित बनेका थिए ।
यो पनि पढ्नुहोस
सडक विस्तारमा ढिलासुस्ती भएपछि स्थानीय आन्दोलित
असार ९, देवदह। ठेक्का लागेको ५ वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि रुपन्देही देवदहका स्थानीय आन्दोलित बनेका छन् । बर्खा नजिकिदै जाँदा निर्माण कम्पनीका कामदारहरु सडक वेवारिशे छोडेर जाने तयारी गरेको र सडकको अवस्था अत्यन्तै नाजुक भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।
पूर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले दोस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत सडक विस्तारको काम नसकेको र बर्खामा सास्ती खेप्ने निश्चित भएपछी आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय व्यवसायी सरोज जिसिले बताए।
घाम लाग्दा सडकमा धुलो उडेर बसिनसक्नु हुने र पानि पर्दा हिलो र पानि जमेर सास्ती खेप्नुपर्ने र यसको कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यवसायीको गुनासो रहेको छ। ६ चाइना स्टेट कन्ट्रक्सनले असर मसान्तभित्र बुटवलदेखि खैरेनी सम्म एकतर्फी सडक कालोपत्रे गर्ने आश्वासन दिएको थियो। तर असर मसान्त नजिकिदै गर्दा समेत निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि सडकमा आउनु परेको स्थानीय अभियन्ता प्रेम थापाको भनाई छ ।
जनताले सास्ती खेप्दा स्थानीय सरकारले समेत सम्बन्धित निकायलाई सडक विस्तार यथाशीघ्र सम्पन्न गर्न दबाब दिनुपर्ने र बजार क्षेत्रमा सडकको काम छिटो नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने थापाले बताए ।
सडक ठेक्का लागेको ५ वर्ष पुग्न लाग्यो ।सुनवल नगरपालिकालमा दुई तर्फी पिच भैसकेको छ । हाम्रोतिर केही पनि काम नगरेपछि आन्दोलित हुनुपरेको छ,’ स्थानीय दिनामणि पाण्डेले भने, ‘प्रदूषणले बिरामी भयौं। जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरियो।
१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको २०७६ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले बिजुलीको पोल, सडक भित्र पर्ने रुख व्यवस्थापन र कोभिड लगायत कारण देखाउंदै म्याद थपको माग गरेको थियो।
जस अनुसार २०८० भदौ १२ सम्म म्याद थप गरिएको थियो। थपिएको अवधिमा समेत सडक विस्ताको काम नसकिए पछि २०८१ साउन ८ सम्म सक्नेगरी दोस्रो पटक म्याद थप भएको थियो।
दोस्रो पटक थपिएको म्याद समेत यहि साउन ८ गते सकिदै छ। तर अहिले ५१ प्रतिशत मात्र काम भएको छ । बर्खा नजिकिदै गर्दा सडककै कारण जनताले सास्ती खेप्ने निश्चित देखिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij