सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह मेडिकल कलेजमा विश्व छाला स्वास्थ्य दिवस कार्यक्रम

देवदह मेडिकल कलेजमा विश्व छाला स्वास्थ्य दिवस कार्यक्रम

images
  • 478
    SHARES

  • images
    images
    images
    देवदह मेडिकल कलेजमा विश्व छाला स्वास्थ्य दिवस कार्यक्रम
    images
    images
    images

    केशव पराजुली, देवदह। देवदह मेडिकल कलेजले विश्व छाला स्वास्थ्य दिवस कार्यक्रम भब्यताका साथ मनाएको छ । आई एल डि एस, आईएसडीले छाला रोगहरू बारे सचेतना बढाउन, छाला सेवाहरू र स्रोतहरूमा पहुँच सुधार गर्न र छालाको अवस्था भएका व्यक्तिहरूलाई विश्वव्यापी सचेतना फैलाउने उद्धेश्यले विश्व छाला स्वास्थ्य दिवस मनाउदै आएको छ । सोमबार आई एल डि एस, आईएसडी, सोडभेलोन, रेयर स्किन डिजिज नेपाल र  देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्टीच्यूटको संयूक्त आयोजनमा छाला स्वास्थ्य दिवस कार्यक्रम मनाईएको हो ।  

     

    images
    images
    images

    2f448c15-4783-4a48-ad76-d520f6059e62.jpeg

     

    देवदह मेडिकल कलेज कार्य सम्पादन समितिका अध्यक्ष गोपाल बहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेलले कलेजले आम नागरिकको स्वास्थ्य प्रति रचनात्मक तथा सचेतना मुलक कार्यक्रमहरु समेत गरिरहेको भन्दै आगामी दिनमा पनि सामाजिक सेवा समेतमा लाग्ने बताउनु भयो । उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर पीसी महाजनले विश्व स्वास्थ्य संगठनले जनचेतना फैलाउने उद्धेश्यले छाला स्वास्थ्य दिवस, क्षयरोग दिवस, खोप दिवस, मानसिक स्वास्थ्य दिवस जस्ता दिवसहरु मनाउने गरेको बताउनु भयो । कार्यक्रम पूर्व सचेतना फैलाउने उद्धेश्यले प्ले कार्ड सहित गाँउ परिक्रमा गरिएको थियो । उक्त कार्यक्रमका बारेमा प्रष्टपार्दै छाला तथा यौन रोग विशेषज्ञ डाक्टर विक्रम ज्ञवालीले नेपालमा छालाको समस्या विकराल बन्दै गएको भन्दै एक्जिमा, सोरायसिस देखि  कुष्ठ रोग पनि चुनौतिको विषय बनिरहेको बताउनु भयो । 

     

    1d06d524-42b7-4d4c-b099-2c66853653fc.jpeg

     

    उहाँले कुष्ठ रोगका बारेमा जनचेतना फैलाईएता पनि विरामीको बढिरहेको जानकारी दिनु भयो । डाक्टर ज्ञवालीले छाला रोग शारिरीक स्वास्थ्यलाई मात्र नभई मानसिक तनाव हुने हुँदा छालाको राम्रो हेरचाह गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले जनचेतना मूलक नाटक प्रस्तुत गर्नुका साथै कार्यक्रममा सहभागिहरुलाइ प्रमाणपत्र दिईएको थियो । कार्यक्रम एमवीवीएसका विद्यार्थी भुवन जोशीको सञ्चालन तथा कलेजका छाला रोग विभागका डाक्टर निरञ्जन राज भण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij