नगरपालिकाले बाडेको धानको बिउ नउम्रिएपछि किसानहरु चिन्तित,नगरपालिकाले अनुगमन गर्दै
नगरपालिकाले बाडेको धानको बिउ नउम्रिएपछि किसानहरु चिन्तित,नगरपालिकाले अनुगमन गर्दै
420
SHARES
जेठ १५ देवदह। देवदह नगरपालिकाले सहुलियत दरमा किसानलाइ वितरण गरेको धानको बिउ नउम्रिएपछि किसानहरु चिन्तित बनेका छन ।देवदह नगरपालिका वडा नम्बर ४ र ५ का केहि किसानले छरेको बिउ नउम्रिएको र कसैको राम्रो संग नउम्रिए पछि किसानहरु चिन्तित बनेका हुन् ।नगरपालिकाले वितरण गरेको धानको बिउको भर परियो डबल खर्चमा परिने भैयो ,केहि क्षेतिपूर्ति दिए हामीलाई राहत हुने थियो एक किसानले भने ।केहि किसानले भने वितरण गर्ने बेला देखि नै गुणस्तर हिन बिउ बाडिएको र पटक पटक ध्यानआकर्षण गराउदा पनि सुनुवाई नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
नगरपालिकाले अनुगमन गर्दै
देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्रीले सबै ठाउमा त्यस्तो भएको छैन ,केहि ठाउ वाट गुनासो आएको छ ,किसानको समस्यालाई समाधान गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले किसानले गुनासो गरेका छन ,हामी के कारणले बिउ उम्रिएन अनुगमन गरि आवश्यक प्रक्रिया अगाडी बढाउने गुराँस मिडियालाइ जानकारी दिनु भयो ।
के भन्छन् कृषि शाखाका प्रमुख
देवदह नगरपालिका कृषि शाखाका प्रमुख अश्विनी कुमार शर्मालाइ हामीले किसानले धानको बिउ नउम्रिएको भन्दै गुनासको गरेका छन ,के कारणले यस्तो भयो भन्दै जिज्ञासा राख्दा ,देवदह नगरपालिका वडा १,२,३,मा राम्रै उम्रिएको र वडा ४ र ५ मा भने कसैको उम्रिएको कसैको नउम्रिएको जानकारी दिए ,हामीले अनुगमन गर्दैछौ ,अनुगमन पश्चात के कारणले त्यस्तो भयो थाहा हुने शर्माले गुराँस मिडिया संगको कुराकानीमा बताउनु भयो । स्थानीयका अनुसार देवदह नगरपालिकाले पहिलो चरणमा बाडेको बिउ उम्रिएको र दोस्रो चरणमा बाडेको बिउ नउम्रिएको बताएका छन।