जेठ १७ देवदह ।जातिय विभेद बलात्कार र अपराधका बिरुद्द देवदहमा बिरोध प्रदशन भएको छ ।बिरोध कार्यक्रममा सर्बसाधारणको स्वस्फुर्त रुपमा सहभागिता रहेको थियो ।
रुकुम चौरजहारीमा भएको हत्या काण्ड र देवदह ११ मा भएको बालिका बलात्कार गरि हत्या गरेको घटनाको बिरोधमा बिरोध प्रदशन भएको थियो ।
कार्यक्रममा मानव अधिकारकर्मी बिनोद पहाडीले बोल्दै प्रहरी ,जनप्रतिनिधि ,संचारकर्मी कुनै प्रलोभनमा नपरी अपराधीलाई कानुनि दायरामा ल्याउन माग गर्नुभएको थियो ।घटनालाई आर्थिक लेनदेनमा मिलाउन खोजिएको भन्दै उहाले यदि त्यसो गरीए न्यायाको लागि जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताउनु भएको थियो ।
बिरोध प्रदशन कार्यक्रममा गोबिन्द खनाल ,बिनोद पहाडी ,अजय रौनियार ,गणेश कुमार खाती ,यक बहादुर सुनार ,दिपेश बिक्रम मल्ल गोबिन्द ठडराइ लगायतले बोल्दै अपराधीलाई कारबाहीको माग गर्नुभएको थियो ।
बिरोध प्रदशन कार्यक्रममा केशब भट्टराई ,दिपक चापागाई ,इन्द्र सुनार ,गोबिन्द पंगेनी ,टिकाराम चापागाई,हिरा थापा,अन्जु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij