सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता

श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता

images
  • 552
    SHARES

  • images
    images
    images
    श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता
    images
    images
    images

    असार २०, देवदह । रुपन्देहीको देवदह ५ खैरेनीमा अवस्थित श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पताल काठमाडौ बिच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ। पोलिक्लिनिकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सम्झौताको विषयमा जानकारी गराएको हो।

     

    images
    images
    images

    IMG-20240804-WA0009.jpg

     

    स्वास्थ्य सम्बन्धि विभिन्न उपचारका लागि ग्राण्डि अस्पताल सङ्ग सम्झौता गरिएको पोलिक्लिनिकका अध्यक्ष डा.कृष्ण गैरेले जानकारी दिनुभयो ।

    सम्झौता अनुसार विशिस्टिकृत तथा विशेषज्ञ उपचारका लागि श्रीकृष्ण पोलिक्लिनिकद्वारा सिफारिस गरिएका विरामिले अप्रेसन तथा सिटिस्क्यान, एम. आर. आई. रगत परिक्षणमा १० प्रतिशत छुट पाउने डा. गैरेले जानकारी दिनुभयो। त्यस्तै ग्राण्डि अस्पतालमा उपचार पछि आवश्यक ड्रेसिङ तथा परिक्षण पनि पोलिक्लिनिकबाटै प्राप्त गर्नेछन् ।

    त्यस्तै आकस्मिक विरामिहरुका लागि हेलि सपोर्टका लागि समेत पोलिक्ल्निकले सहजीकरण गर्ने बताइएको छ।

    त्यस्तै ग्राण्डि अस्पतालका विशेषज्ञ डाक्टरसङ्ग फोन परामर्श समेत पोलिक्लिनिकबाटै प्राप्त हुनेछ ।फोन परामर्शको एक हप्ता भित्रमा ग्राण्डि अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा परिक्षण शुल्क निशुल्क हुने क्लिनिकका संचालक डा. विष्णु ढकालले जानकारी दिनुभयो ।

    सम्झौताले ग्राण्डी अस्पताल जस्तो विशिस्टिकृत स्वास्थ्य संस्थाले स्थानीयस्तरमा संचालित पोलिक्लिनिक सङ्ग समन्वय गर्नु विरामिहरुको लागि सेवा र सुविधाका लागि राम्रो भएको पोलिक्लिनिकका अध्यक्ष डा.गैरेको भनाई थियो।

    सम्झौता ग्राण्डी अस्पतालका सिओओ अमृत खन्ना र पोलिक्लिनिकका तर्फबाट अध्यक्ष डा.कृष्ण गैरेको उपस्थितिमा ग्राण्डी अस्पताल धापासि काठमाडौमा भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij