देवदह । देवदहमा तिजको दर खाएका १८ जना बिरामी भएका छन् । देवदह ६ स्थित साहरा आमा समुहले भदौ ६ गते तिजको दर खुवाएको थियो । दर खाएको दोस्रो दिनदेखि १८ जना बिरामी भएका हुन् ।
दर खाने क्रममा फुड पोइजनिङको सिकार भएका १८ जना देवदह ५ को अनिता मेडिकल हलमा उपचाररत रहेको र १०२ देखी १०४ डिग्री सम्म ज्वरो आएको डा.छबि गिरिले जानकारी दिनुभयो ।
उपचारत सबैजनाको अस्पताल भर्ना गरिएको तिन दिनपछि स्वास्थ्यमा क्रमशः सुधार आएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij