कृष्ण रसाइली
कृष्ण रसाइली। काठमाडौं
बिहान ६:३० जति बजेको थियो,
"म भानु सापकोटा, बुटवल, बेल्बासबाट बोल्दै छु,
मेरो एक जना आफन्तको अप्रेसनको केसको लागि आकस्मिक २ पिन्ट AB positive Whole blood चाहियो छ, रगत ब्यवस्थापन गरिदिनुस न ।"
ब्लड बैंक लगाएत सबै तिर अपिल गर्दा नि सो रगत सबै तिर अभाव भएकोले साझसम्म पनि रगततत्व ब्यवस्थापन हुन सकेन।

र राती ११:४५ तिर बाध्यताले कृष्ण सरलाई कल गरे,
कि न कि, बिहान मात्र कृष्ण चौहान सर दुर्घटनामा परि हात फ्र्याक्चर सहित केही चोट पटक लागेको खबर प्राप्त गरेको थिए।
सरलाई बिरामीको अवस्था, रगततत्वको आवस्यकता र घटनाक्रम सबै अवगत गराउदौ भने,
"सर नमस्कार, हजुरको अवस्था अनुकुल छैन तै पनि रगत ब्यवस्थापन गरिदिनु पर्यो, अरु केही विकल्प रहेन।"
अनि त्यो स्वास्थ अवस्थाका बावजुत पनि हसिन मुद्रामा सरको जवाफ आयो,
" म ब्लड बैंक मै छु, १५ मिनेटमा भित्र बिरामीको आफन्तलाई यहाँ पठाएर मलाई भेट्न भन्नू, बिरामीलाई केही हुदैन,रगत ब्यस्थापन हुन्छ।"
साच्चिकै त्यो दिन बिरामीको लागि कृष्ण सर, कृष्ण भगवानको स्वरुपमा आउनु भन्दै बिरामी र आफन्तले खुसि ब्यक्त गरे।

आज सम्म ८३ पटक रक्तदान, १,००० औं रक्तदान कार्यक्रमहरु आयोजना र १०,००० औं आकस्मिक अवस्थामा जटिल केसमा बिरामीको लागि रगत र रगततत्व ब्यवस्थापन गर्नुहुने सामाजिक, बौद्धिक व्यक्तित्व, शालीन,मिलनसार र सहयोगी स्वाभावका धनी, नेतृत्वदायी तथा सशक्त रक्त अभियानकर्ता रगत नपाए बुटवल जानुका सुरुवातकर्ता नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला शाखा अध्यक्ष आदरणीय कृष्ण चौहान क्षेत्री भन्नू हुन्छ,

"रगत र रगततत्व ब्यवस्थापन आफैमा जटिल विशेष हो, किन कि न कि रगतको विकल्प रक्तदान नै हो त्यसैले हरेक स्वास्थ र सक्षम युवा युवतीहरुले आफ्नो १८ औं जन्म दिन रक्तदान गर्दै सुरुवात गरेर हरेक ३-३ महिनामा संभाव भए सम्म रक्तदान गर्दै रक्त अभियानमा जोडिनु पर्छ र हरपल रगत र रगततत्व सम्बन्धि गतिविधिहरुलाई ब्यवस्थापन गर्न खटिरहने, सबै स्वयंसेवी र नियमित रक्तदाताहरु जिवनदाता हुन र सम्मानको लागि कुनै कुरामा कमि हुनुहुदैन।"
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij