सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह-२ को टोलटोलमा डेङ्गी सचेतना कार्यक्रम

देवदह-२ को टोलटोलमा डेङ्गी सचेतना कार्यक्रम

images
  • 632
    SHARES

  • images
    images
    images
    देवदह-२ को टोलटोलमा डेङ्गी सचेतना कार्यक्रम
    images
    images
    images

    असोज ६, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ मा डेङ्गी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। श्री टोल विकास संस्थाको आयोजना तथा केरवानी स्वास्थ्य चौकी देवदह २ को सहयोगमा देवदह २ श्री टोल स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा शनिबार सो कार्यक्रम सम्पन्न भएको थियो।

    श्री टोल सुधार समितिका कार्यवाहक अध्यक्ष काशीराम पोख्रेलको अध्यक्षता, देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष दल बहादुर राकसकोटीको प्रमुख आतिथ्यता तथा केरवानी स्वास्थ्य चौकी देवदह २ का प्रमुख काशीराम रेग्मीको मुख्य प्रशिक्षणमा डेंगु सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो। 

    images
    images
    images

    केरवानी स्वास्थ्य चौकीले डेङ्गी सचेतना अभियान अन्तर्गत ४ वटा कार्यक्रम सम्पन्न गरिसकेको र डेंगुरोग नियन्त्रणमा नआउँदा सम्म अभियान निरन्तर चलिरहने स्वास्थ्य चौकीका इन्चार्ज रेग्मीले जानकारी दिनुभयो ।

    अभियानमा डेंगुरोगको परिचय, सर्ने माध्यम, कारक तत्व, लक्षण चिन्हहरु, जटिल डेंगुका लक्षण चिन्हहरु, यसको उपचार र व्यवस्थापन, बच्ने उपायहरू, लामखुट्टे सम्बन्धि जानकारी, खोज र नस्ट गर अभियान सम्बन्धि बारेमा सहजिकरण गरिएको थियो।

    सहजिकरणका क्रममा स्वास्थ्य चौकीका प्रमुख रेग्मीले सहभागिहरुलाई डेंगु परिक्षणको लागि लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्र अनुसार रु. ५०० भन्दा बढि रकम नतिर्न आग्रह गर्नुभयो। स्वास्थ्य कार्यालय रुपन्देहीले परिपत्र जारी गर्दै डेंगु परिक्षणको लागि सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजि प्रयोगशाला, मेडिकल हल, क्लिनिक, अस्पताल तथा स्वास्थ्य संस्थाहरुले रु. ५०० भन्दा बढि रकम नलिन निर्देशन दिएको छ।

    कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य गिता भण्डारी, जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी तथा जनसमुदाय, केरवानी स्वास्थ्य चौकीकि अ.न.मी संगिता काम्मु, विभिन्न समाजसेवी तथा बुद्दिजिबी व्यक्तित्वहरु, लगायतको उपस्थिती थियो। कार्यक्रम संचालन बिक्रम पौडेलले गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, आश्विन ६ २०८१०९:१३:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij