सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा पर्यटन दिवसको अवरमा अन्तरक्रिया

देवदहमा पर्यटन दिवसको अवरमा अन्तरक्रिया

images
  • 298
    SHARES

  • images
    images
    images
    देवदहमा पर्यटन दिवसको अवरमा अन्तरक्रिया
    images
    images
    images

    देवदह असोज ११ । पर्यटन प्रबर्द्धनमा सरकारले ध्यान दिन नसक्दा देवदह पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

    उनीहरुले देवदहमा पर्यटनका धेरै संभावना रहेपनि राज्यले पहल नगर्दा पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा लुम्विनी पाना मिडियाले आयोजित पर्यटन प्रवद्र्धनका लागि के गर्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह भगवान गौतम बुद्धको मावली भएकाले यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको संरक्षण, सम्वद्र्धन संगै प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका थिए । उनीहरुले देवदहलाई कृषि संगै धार्मिक पर्यटकीयको रुपमा अगाडि बढाउन सके यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिएका थिए । 

    उनीहरुले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न स्थानीय तहले दीर्घकालिन योजना बनाउन आवश्यक रहेको बताउदै पर्यटकीय पुर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले देवदहमा आउने आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन आधार तयार गर्नुपर्ने बताएका थिए ।

    सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले योजना अगाडि सारेको बताउनु भयो । उहाले पर्यटन प्रवद्र्धनको लागि नगरपालिकाले गुरुयोजना निर्माण गरेपनि सोही अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भयो ।

    उहाँले नगरपालिकामा रहेका जनप्रतिनिधिहरु वीच एकरुपता हुन नसक्दा देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चुकेको बताउनु भयो । उहाले नगरपालिका देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको लुम्विनी विकास कोष संग सहकार्य गरेर उत्खनन् गरेपनि प्राप्त बजेट बजेट नहुदा सोचे जस्तो काम गर्न नसकेको बताउनु भयो ।

    उहाँले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न सके देवदहमा पर्यटन भित्रयाउन सकिने बताउँदै त्यसको लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । लुम्बिनी पाना मिडियाका प्रधान सम्पादक लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका गुनाखर भुर्तेल, बौद्ध दर्शनका बिज्ञता प्रकाश अर्याल, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख जयकिशन अधिकारी, देवदह प्रेस क्लवका अध्यक्ष विष्णु पोखरेल, सञ्चारकर्मी तिलोचन दाहाल, योग प्रशिक्षकद्धय सरस्वती पोखरेल, नमकान्त पाण्डे, सहकारी अभियन्ता प्रमोद खनाल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, साहित्यकार यज्ञप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    अन्तरक्रिया कार्यक्रममा बरिष्ठ सञ्चारकर्मी यम रानाले सहजीकरण गर्नु भएको थियो । लुम्बिनी पाना मिडियाका कार्यकारी सम्पादक निर्मल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।​

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन ११ २०८१०७:४३:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij