मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन देवदह आउने, बृहत सभाको तयारी पुरा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन देवदह आउने, बृहत सभाको तयारी पुरा

images
  • 514
    SHARES

  • images
    images
    images
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन देवदह आउने, बृहत सभाको तयारी पुरा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा राप्रपाले वृहत् आमसभा गर्ने भएको छ।किसान सङ्ग राप्रपा अभियान अन्तर्गत देवदह-११ को शंकरपुरमा राप्रपाले वृहत् आमसभा गर्न लागेको हो। मङ्गलबार देवदहमा पत्रकार सम्मेलनको आयोजना गरि कार्तिक १४ गते दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी गराएको हो। 

    पार्टीले किसानका समस्या र समाधानका लागि देशभरका किसान सङ्ग अन्तरक्रिया कार्यक्रम गर्ने अभियान अन्तर्गत देवदहमा कार्यक्रमको आयोजना गर्न लागेको राप्रपाका केन्द्रिय सह-महामन्त्री ताहिर अलिले जानकारी दिनुभयो ।

    images
    images
    images

    देशमा किसानका समस्या विद्यमान रहेको र किसानका लागि आवश्यक पर्ने मलखाद कारखाना समेत नहुदा भारत सङ्ग परनिर्भर हुनुपरेको कारण किसानले दुख पाएको भन्दै राप्रपाले किसानका मुद्दा बोकेर देशव्यापी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको र सोहि कार्यक्रम अन्तर्गत १४ गते देवदह ११ मा किसान सङ्ग राप्रपा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    देशमा गणतन्त्र आएपनी जनताको अवस्थामा कुनै परिवर्तन नभएको र ठुला दलहरु भ्रष्टाचारमा लिप्त भएको कारण यथास्थितिमा मूलुकमा समृद्धि नआउने भएकोले जनताको अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनको विकल्प नरहेको केन्द्रिय सदस्य लम्सालको भनाई थियो।

    पत्रकार सम्मेलन राप्रपा देवदह नगर अध्यक्ष माधव रिमालको अध्यक्षता र राप्रपा देवदह नगर सदस्य राजु चौधरीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij