बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रवि लामिछाने थप चार दिन हिरासतमा रहने

रवि लामिछाने थप चार दिन हिरासतमा रहने

images
  • 239
    SHARES

  • images
    images
    images
    रवि लामिछाने थप चार दिन हिरासतमा रहने
    images
    images
    images

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार १० दिनको म्याद थपिएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेको हो ।

    उक्त १० दिनमा तिहार बिदा समेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । त्यसानुसार, लामिछाने अझै चार दिन हिरासतमा रहनेछन् ।

    images
    images
    images

    उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको थियो । त्यसपछि पाँच दिन तिहारको बिदा थियो । तेस्रोपटकको म्याद थपमा तिहार बिदाको सोही पाँच दिन समेत गणना हुनेछ ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

    उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij