सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी पानाको पर्यटन विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक

लुम्बिनी पानाको पर्यटन विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक

images
  • 538
    SHARES

  • images
    images
    images
    लुम्बिनी पानाको पर्यटन विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक
    images
    images
    images

    अर्बेन्द्र गिरि, लुम्बिनी पाना । लुम्बिनी पाना मिडियाको 'पर्यटन विशेषाङ्क' लुम्बिनी केबलकार लिमिटेडबाट सार्वजनिक गरिएको छ। बिहिवार लुम्बिनी केबलकार लिमिटेडमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी पाना मिडिया प्रकाशन प्रा.लि.बाट प्रकाशित पर्यटन विशेष विशेषाङ्क सार्वजनिक गरिएको हो।

    विशेषाङ्क सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले लुम्बिनी केबलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि बसन्तपुरमा जिप लाइन तथा साइकलिङको सेवा विस्तार गरिएको बताउनुभयो । लुम्बिनी केबलकार पछिल्लो समय लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको समेत उहाँको भनाई थियो।

    images
    images
    images

    उहाँले पर्यटन प्रबर्द्धन र विकाशको लागि लुम्बिनी पानाले प्रिन्ट तथा अनलाईन मिडिया मार्फत खेलिरहेको भूमिका पर्यटन प्रबर्द्धनको लागि नमूनाको रुपमा रहेको समेत बताउनु भयो ।

    पर्यटनको माध्यमबाट देशलाई समृद्ध बनाउन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्य सहित पर्यटन विशेष विशेषाङ्क प्रकाशन गरिएको लुम्बिनी पानाका संचालक, सम्पादक निर्मल एसपी मगरले जानकारी दिनुभयो ।

    लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार भएको र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बुटवलमा क्षेत्रमा ल्याई पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेकोले पर्यटन विशेष विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक गरिएको उहाँले बताउनुभयो।

    लुम्बिनी प्रदेशको रुपन्देहीबाट संचालनमा आएको लुम्बिनी पाना.डट.कमले विगतका वर्षहरुमा समेत विभिन्न बुलेटिनहरु प्रकाशन गरेको जानकारी गराउदै समाचार र सूचना सङ्गै समाज रुपान्तरणमा समेत मिडियाको भूमिका महत्त्वपूर्ण हुने मगरले बताउनुभयो।

    पुस्तक सार्वजनिक कार्यक्रममा केबलकारको तर्फबाट अपरेसन म्यानेजर डिएन कायस्थ, प्रबन्धक प्रज्वल घिमिरे, हेड एडमिन एन एच आर नवराज अधिकारी, हेड एकाउन्टेन्ट राजन लम्साल र लुम्बिनी पाना मिडियाको तर्फबाट प्रधान सम्पादक एलबी सर्बुजा, सिनियर रिपोर्टर सुनिल गिरी र फोटो पत्रकार झमन थापा मगर पत्रकार केशव पराजुलीको उपस्थिती रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, कार्तिक २२ २०८१०९:०५:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij