मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

images
  • 314
    SHARES

  • images
    images
    images
    रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतको  अनुमति
    images
    images
    images

    पोखरा । सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।१ जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। योसहित रविको चौथोपटक म्याद थप भएको हो।

    काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो।

    images
    images
    images

    प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो। यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ। 

    लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो। लामिछानेलाई तेस्रो पटक थपिएको म्याद कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ गते सकिएको हो। हिजो शनिबार भएकाले प्रहरीले आज लामिछानेसहित तिनैजनालाई अदालत उपस्थित गराएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij