लुम्बिनी पाना, देवदह । राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी चयन हुनु भएको छ । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रवार भएको वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह ९ वडा समिति २१ सदस्यीय कार्यसमिति गठन भएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले पुराना राजनितिक दलमा वितृष्णा भएका कारण राप्रपाको लहर चलेको भन्दै अव जनताको पार्टी भनेको राप्रपा नै रहेको दावी गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका लम्सालले मुलधारका राष्ट्रिय पार्टीहरु भष्ट्राचारमा लिप्त भएको बताउँदै राप्रपाले देशको विकास सँग सँगै आमुल परिवर्तन गर्ने बताउनु भयो । वहाँले सनातन हिन्दु राष्ट्र ब नाउन अव जनता एकजुट हुनु पर्ने जिकिर गर्नु भयो ।
देवदह ९ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा क्षेत्रिय उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगटन क्षेत्रिय संयोजक धनराज भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij