सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

माओवादीकाे पक्षमा जनलहर देखियाे : बराल

माओवादीकाे पक्षमा जनलहर देखियाे : बराल

images
  • 532
    SHARES

  • images
    images
    images
    माओवादीकाे पक्षमा जनलहर देखियाे : बराल
    images
    images
    images

    पुस २०, लुम्बिनी पाना। नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीकाे चाैथाे नगर अधिवेशनमा बाेल्दै नेता बरालले माओवादी २०६४ कै रहेकाे दाबी गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा जनपक्षीय काम गरेका कारण माओवादीकाे पक्षमा जनमत वढेकाे नतिजा उपनिर्वाचनले देखाएकाे बताए । 

    माओवादी सकियाे भन्नेहरू माओवादीसंग डराएर गठवन्धन गर्दै हिड्ने अवस्था बनेकाे उल्लेख गर्दै भष्ट्रचार र वेथिती विरूद्ध उभिन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले वर्तमान सरकारकाे काम प्रति काँग्रेस एमालेकै कार्यकर्ता खुसी नभएका कारण सरकार रक्षात्मक अवस्थामा पुगेकाे बताए । एमाले भित्रै प्रधानमन्त्री ओलीकाे विकल्पकाे खाेजी हुन थालेपछि भिम रावल लगायत नेताहरूलाई कार्वाही गरिएकाे बताए ।

    images
    images
    images

    माओवादीमा पछिल्लाे समय पद लिने तर काम नगर्ने प्रवृती देखिएकाे बताउँदै नेता बरालले पार्टीलाई समय दिन सक्ने नेतृत्व चयन आग्रह गरे । उनले हिजाेकाे याेगदानलाई सम्मान गर्दै वर्तमान काम गर्न सक्नेलाई पार्टीकाे दिनु पर्नेमा जाेड दिए ।

    कार्यक्रममा केन्द्रिय सदस्य मक्सुद अली, जिल्ला संयाेजक निर्मल जिसी, जिल्ला सचिव सन्त बहादुर यादव, नगर ईन्चार्ज कल्पना सुवेदी लगाएत आ आफ्नो भनाई राखेका थिए ।

    उक्त कार्यक्रम नगर कमिटीका अध्यक्ष गोबिन्द ठट्राईको अध्यक्षता, उपाध्यक्ष केशर बहादुर पुनको स्वागत र सचिव प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij