लुम्बिनी पाना, देवदह। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत वडा समितिलाई पुनर्ताजगीका लागि वडा भेला मार्फत नेतृत्व चयन गरिरहेको छ ।
सोही क्रममा आइतवार देवदह नगर पालिका वडा नं. ८ मा एक भेला गरी दुर्गा ढकालको अध्यक्षतामा राप्रपा वडा समिति चयन गरेको छ । राप्रपा देवदह ८ वडा समितिमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ।२ उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले राप्रपाको पक्षमा जनलहर बढ्दै गएको दावी गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नेता लम्सालले अन्याय अत्याचार र भष्ट्राचारको खुलेर विरोध गर्न आग्रह गर्दै बर्तमान सरकार युवाहरुलाई बेरोेजगार बनाई पासपोर्ट बेच्ने धन्दामा लागेको आरोप लगाउनु भयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका देवदह नगर अध्यक्ष माधव रिमालले विगत देखि बर्तमान संधैभरि राप्रपा जनताको सुखदुखमा साथमा रहेको दावी गर्नु भयो । राप्रपा देवदह ८ का अध्यक्ष भिमराज भण्डारीको अध्यक्षता तथा गंगाराम गैरेको संचालनमा भएको कार्यक्रममा क्षेत्रिय उपाध्यक्ष बसन्त न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन क्षेत्रिय संयोजक धनराज भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij