देवदह। नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
कमिटीको उपाध्यक्षमा केशर बहादुर पुन, प्रेम कला ढकाल र गङ्गा बहादुर विक, सचीवमा होम बहादुर विक, कोषाध्यक्षमा हरिद्वार यादव र सहसचिवमा तारा काफ्ले निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पार्वती मरासिनीले जानकारी दिनुभयो।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक निर्मल जिसिले माओवादी केन्द्रको पार्टी कमिटी विस्तार अभियान अन्तर्गत देशब्यापी रुपमा वडा तथा नगरमा संगठन निर्माणलाई तीव्रता दिएको बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij