सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर : ५९ जना लाभान्वित

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर : ५९ जना लाभान्वित

images
  • 410
    SHARES

  • images
    images
    images
    देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर : ५९ जना लाभान्वित
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले फरक क्षेमता भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताउनुभयो ।

    images
    images
    images

    शिविरमा ५७ जना बालबालिका, २ जना बयस्क गरी जम्मा ५९ जनाले सेवा लिएका छन् । ५२ जनाले फिजियाेथेरापी सेवा लिएका छन्, जसमध्ये ४ जनालाई अर्थाेपेडिक साहायक सामाग्री विशेष जुत्ता वितरण गरिएको थियो । शिविरमा १८ जनाको सामाग्री नापजाँच भएकाे छ भने ह्विवलचियर ३ जनाकाे नापजाचँ भएकाे छ । 

    जना बालबालिकाको भने शल्यक्रियाका गर्नु पर्ने दिखिएको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको रुपन्देही जिल्ला फोकल पर्सन रुबिना सुनारले जनाकारी दिनुभयो । शिविरमा डाक्टर बिबेक लामा र फिजियोथेरापिस्ट योगेन्द्र यादवले सहजीकरण गर्नुभएको थियो ।

    देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा भएको शिविरमा वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रहरी चौकी खैरेनीका इन्चार्ज एक्क बहादुर नेपाली, कार्यपालिका सदस्य शान्ता भट्टराई, बाल कुमार श्रेष्ठ, धर्म सापकोटा लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज लेखनाथ आचार्य स्वागत र देवदह नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईन्दिरा भुषालको सञ्चालनमा भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij