सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राजनीतिक रुपमा पछाडी परेको स्वास्थ्य मन्त्री सारुको भनाई

मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राजनीतिक रुपमा पछाडी परेको स्वास्थ्य मन्त्री सारुको भनाई

images
  • 474
    SHARES

  • images
    images
    images
    मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राजनीतिक रुपमा पछाडी परेको स्वास्थ्य मन्त्री सारुको भनाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राज्यको मुल प्रवाहमा नहुदा पछाडी परेको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनु भएको छ । मन्त्री सारुले मगरहरु राज्यको मुल प्रवाहबाट बन्चित हुदा संविधानले दिएको अधिकार समेत प्राप्त गर्न नसकेको बताउनु भयो ।

    नेपाल मगर संघ देवदह नगर समितिले माघे संक्रान्तिको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सारुले शिक्षालाई बढि महत्व दिनु पर्ने बताउनु भयो ।देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मगरहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै मगर समुदायमा रहेका संस्कृति संरक्षण गर्न तिनै तहको सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

    images
    images
    images

    माघी पर्वलाई खानपिनको रुपमा नभएर एक आपसमा सद्भाव कायम गरी संस्कृति संरक्षणको रुपमा मनाउन आग्रह गर्दै मन्त्री सारुले विभिन्न जाती समुदायको भाषा, संस्कार, संस्कृति संरक्षणमा लुम्विनी प्रदेश सरकारले सहयोग गर्नेप्रतिवद्धता व्यक्त गर्नु भयो । मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लैजान सवैले आ–आफनो ठाउँबाट दवाव दिन आवश्यक रहेको औल्याउनु भयो । उहाँले आफनो अधिकार खोज्दा अरुको अधिकार हनन् गर्न नहुने बताउदै सवै जातजाती वीच एक आपसमा सद्भाव कायम गर्न सकेमात्र समृद्धि प्राप्त गर्न सकिने बताउनु भयो । मगर समुदायमा रहेका विकृति, विसंगति अन्त्य गर्न आवश्यक रहेको बताउदै मगर समुदायको प्रमुख चाडपर्वलाई प्रदेश सरकारले चासोको रुपमा हेरेको बताउनु भयो ।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सवै जातजातीको अधिकार सुनिश्चित गर्न नगरपालिका लागि रहेको दावी गर्नु भयो ।सम्पूर्ण जातजातीको भाषा, संस्कार र संस्कृति संरक्षणमा नगरपालिकाले बजेटको व्यवस्था गरेर अगाडि बढेको उपप्रमुख गुरुङको भनाई थियो। उपप्रमुख गुरुङ्गले सिमित श्रोत साधन भएका कारण नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताउदै देवदहलाई समृद्धि बनाउने अभियानमा देवदहवासीको सहयोग रहेको बताउनु भयो । यसैगरी नेपाल मगर संघका सहअध्यक्ष दलबहादुर विरकट्टाले हरेक जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा स्थानीय तहले अपनत्व लिन आवश्यक रहेको बताउनु भयो । 

    उहाँले भौतिक पुर्वाधार संगै मानवीय विकास आवश्यक रहेको बताउदै देशलाई समृद्ध बनाउन सवैको दायित्व भएको बताउनु भयो । नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय अनुशासन विभाग सदस्य जसबहादुर पुन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मिना श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ्ग, रितु थापा तथा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुतीमा दर्शक झुमेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किशनबहादुर थापाको स्वागत र सचिव मिलन मास्की रानाको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij