सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहको रोहिणी धाममा ऐतिहासिक माघे औंसी मेला

देवदहको रोहिणी धाममा ऐतिहासिक माघे औंसी मेला

images
  • 517
    SHARES

  • images
    images
    images
    देवदहको रोहिणी धाममा ऐतिहासिक माघे औंसी मेला
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा शताब्दीदेखी लाग्दै आएको ऎतिहासिक माघे औंसी नदियाके मेला सम्पन्न भएको छ।देवदह-३ वसन्तपुर स्थित रोहिणी नदि किनारमा माघे औंसीको विषेश अवसरमा लाग्ने मेला बृहत रुपमा सम्पन्न भएको हो। पवित्र धार्मिक स्थलको रुपमा रहेको रोहिणी नदि धाममा लागेको मेला भर्न हजारौ श्रद्धालुको घुँईचो लागेको थियो। सयौं वर्षदेखि लाग्दै आएको मेलामा विशेषगरी माघे औंसीको दिन बिहानै स्नान गर्ने र पूजापाठ गर्ने परम्परा रहेको छ।

     

    images
    images
    images

    IMG_20250129_184038.jpg

    रोहिणी धाम मेलामा पनि बिहानै सयौं श्रदालु भक्तजनहरु पवित्र स्नान कार्यमा सरिक भएको मेला आयोजक संस्था बसन्तपुर ९ नम्बर भाठा रोहिणी नदि धाम मेला समितिका अध्यक्ष ऋषिराम चौधरीले जानकारी दिनुभयो। 

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले रोहीणी धाममा लाग्ने 'नदियाके माघी मेला'लाई अझै परिस्कृत र व्यवस्थित बनाउदै लैजानुपर्ने र त्यसको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सयौं वर्ष अगाडीददेखी मेला लाग्ने भएपनि केही समय रोकिएर २०८० सालदेखि नियमित रुपमा लाग्दै आएको मेलालाई आगामी वर्षहरुमा नियमित संचालन गर्न आग्रह गर्दै त्यसको लागि आफुले सहयोग र पहल गर्ने समेत सांसद चौधरीको भनाई थियो।

    कार्यक्रमका विशिस्ट अतिथि देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले माघे औंसीमा लाग्ने मेला ऎतिहासिक रहेकोले यसलाई निरन्तरता दिन वडाले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व योजाना आयोग सदस्य डाक्टर दामोदर बश्याल, तिलोत्तमा टोल विकास संस्थाका अध्यक्ष हरि प्रसाद काफ्ले, तिलोत्तमा वडा नम्बर १२ का वडा सदस्य नागेश्वर यादव, देवदह ३ का वडा सदस्य अम्रीका प्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    मेलामा थारू समुदायको संस्कृती झल्कने झाकी प्रस्तुति, थारु समुदायमा प्रचलित खानाका परिकारहरु घोगी, ढिकरी, अनदी भुजा, भक्का, आलुको चोखा लगायतका स्टलहरु साथै राष्ट्रिय कलाकार दिपेन चौधरी र भानुभक्त चौधरीको विशेष प्रस्तुति रहेको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij