सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

'सरहनबारीको सिमी र मिडिया महोत्सव'

'सरहनबारीको सिमी र मिडिया महोत्सव'

images
  • 510
    SHARES

  • images
    images
    images
    'सरहनबारीको सिमी र मिडिया महोत्सव'
    images
    images
    images

    निर्मल एसपी थापा।त्यसो त मेरो लागी सरहनबारी त्यति नौलो नाम होइन, ६० को दशकमा हप्ताको एकपटक देवदहको खैरेनीदेखी पाल्पा को तिनाउ गाउँपालिका ३ स्थित दहबारी जन्मथलो पुग्न सरहनबारीको गोरेटो बाटो हुँदै ओहोरदोहोर गर्नुपर्थ्यो।

    २०५९, ६० सालमा केरवानी स्कुलमा पढ्दाताका शुक्रबार हापछुट्टी हुन साथ दिदिको हातले बुनेको फिते झोला बोकेर खैरेनीदेखि घोडाहा सम्म महेन्द्र जिपमा २ रुपैयाँ तिरेर त्यहाँबाट पाल्पा पुग्न पैदलयात्रा सुरु गर्नुपर्ने हुन्थ्यो।

    images
    images
    images

    सरहनबारी पुगेपछि खाजा नास्ता खाने, बोटलमा पानी भर्ने र त्यहाँबाट ठाडै ३ घण्टा उकालो पैदलयात्रा तय गरेपछि गाउँ पुगिने भएकोले सरहनबारी मेरो लागि नौलो नहुनु स्वभाविक हो।

    'एकातिर मिडिया क्षेत्रमा देखिएको आर्थिक संकट, अर्कोतिर मिडियाको विश्वसनीयतामाथी

    उठ्ने प्रश्न, नेपाली मिडियामा 'बढ्ढो आर्थिक संकट : घट्दो विश्वसनीयता' विषयमा

    भएको प्यानल डिस्कसनले आर्थिक संकट कम गर्न के गर्ने र मिडिया हाउसमाथीको

    विश्वास कायम राख्ने विषयमा चिरफार गरिएको थियो।

    अथवा पाल्पाको तिनाउ-३ अन्तर्गत झिन्टुङ, दानसिङकोट, दहबारी, ज्यामिरे सम्म र माथागढीको गोठादी दमार गाउँबाट समेत शनिबार, बुधबारको बुटवल हातबजार र शुक्रबारको खैरेनीबजार आउने पैदल मार्गनै पाल्पा, सरहनबारी घोडाहा थियो।

    यी विषयमा थप चर्चा अर्को कुनै आलेखमा गरौंला, लेख मार्फत चर्चा गर्न लागिएको विषय चाहिँ देवदह प्रेस क्लबले आयोजना गरेको दोस्रो मिडिया फेस्टिबलको हो।

    देवदहमा रहेका संचार संस्था र त्यहाँ कृयाशिल पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापना भएको देवदह प्रेस क्लबले प्रथम मिडिया फेस्टिबल देवदह-५ मा मकै विशेष गरेको थियो।

    पहिलो मिडिया फेस्टिबलमा मकैको उत्पादन र बजारीकरण सङ्गै मिडिया, सुशासन र विकासमा बहस गरिएको थियो। दिने प्रथम मिडिया फेस्टिबलको समापनमा दोस्रो मिडिया फेस्टिबल देवदह-६ को सरहनबारीमा मकै विशेष गर्ने निर्णय गरिएको थियो।

    मिडिया महोत्सवमा संचार क्षेत्रका कुरा, राजनीतिक बहस मात्र गर्ने नभएर कृषक र कृषि क्षेत्रलाई प्राथमिकता दिने योजना अनुरुप यस पटक सीमी महोत्सव आयोजना गरिरहदा सरहनबारी र त्यहाँ उत्पादन हुने सीमीलाई राष्ट्रिय स्तरमै चर्चामा ल्याउने उदेश्य सहित हामीले तयारी गरेका थियौ।

    कार्यक्रम आयोजना गर्ने योजना बनाउन जति सजिलो छ, सम्पन्न गर्न उत्तिकै चुनौतीपूर्ण हुने गर्दछ।सीमी विशेष दोस्रो मिडिया फेस्टिबल सीमी नसकिदै गर्नुपर्ने थियो। त्यसैले मंसिरको २० देखी पौष १५ भित्र गर्नै पर्ने दबाबका बाबजुद तयारीमा जुत्यौ।पौष ११ र १२ गते फेस्टिबलको मिति तय भएपछि आयोजक संस्था देवदह प्रेस क्लबका पदाधिकारी र सदस्यहरुलाई सल्लाहकारज्यूहरुले समन्वय गर्ने गरि कार्यविभाजन गरियो।

    पौष ११ गते बिहान ठिक ११ बजे देवदह-६ सरहनबारी स्थित सरहनकालिका सामुदायिक वनको प्राङ्गणमा उद्घाटन गर्ने कार्यतालिका बनाएका थियौं । सोही दिनमा दुईवटा विषयमा छलफल गर्ने कार्यतालिका समेत रहेको थियो।

    पूर्व निर्वाधिरित कार्यक्रम अनुसार उद्घाटन केही ढिलागरी सुरु भयो।देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले २ दिने मिडिया महोत्सवको उद्घाटन गर्नुभयो। औपचारिक कार्यक्रम समापन पश्चात् पहिलो दिनको पहिलो सेसन सुरु गर्यौ।

    पहिलो दिनको पहिलो सेशन 'विकासको बाटोमा देवदह:कहाँ चुक्यो कहाँ पुग्यो ? भन्ने विषयमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसी बिच भएको थियो।

    स्थानीय तहको पहिलो निर्वाचन पश्चात् हाल सम्म भएका विकास निर्माण, बजेट बाडफाड, आगामी कार्यदिशा लगायतका विषयमा निर्वाचन नगर प्रमुख, वर्तमान नगर प्रमुख र पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षबिच भएको छलफल प्रभावकारी र श्रवण गर्न योग्य रहेको थियो।

    त्यस्तै पहिलो दिनको दोस्रो सेशनमा नेपाली मिडियामा 'बढ्ढो आर्थिक संकट : घट्दो विश्वसनीयता' भन्ने अत्यन्तै महत्त्वपूर्ण विषयमा छलफल भएको थियो।

    वर्तमान समयमा पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथी प्रश्न उठ्ने गरेको छ।सत्य र यथार्थ चित्रण नभईकन हतारमा समाचार प्रकाशन, प्रशारण गर्ने प्रवृत्तिका कारण पत्रकारीता क्षेत्रमाथी प्रश्न चिन्ह खडा हुनु स्वभाविक हो।

    त्यस्तै अर्थतन्त्रमा देखिएको संकटका कारण व्यवसायीहरु धरासयी हुँदा त्यसको प्रत्येक्ष असर मिडिया क्षेत्रमा परेको छ। 'एकातिर मिडिया क्षेत्रमा देखिएको आर्थिक संकट, अर्कोतिर मिडियाको विश्वसनीयतामाथी उठ्ने प्रश्न, पहिलो दिनको दोस्रो सेशनमा भएको नेपाली मिडियामा 'बढ्ढो आर्थिक संकट : घट्दो विश्वसनीयता' विषयमा भएको प्यानल डिस्कसनले आर्थिक संकट कम गर्न के गर्ने र मिडिया हाउसमाथीको विश्वास कायम राख्ने विषयमा चिरफार गरिएको थियो।

    उक्त सेशनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईं र लेखक तथा बिश्लेषक रामचन्द्र श्रेष्ठले छलफल गर्नुभएको थियो।

    पहिलो दिनको खाना हामीले सरहनबारीमै खायौं । गुन्द्रुक सङ्गै सीमी मिसाएर बनाइएको अचार, तरुलको अर्गानिक स्वाद सङ्गै हामी दोस्रो दिनको कार्यक्रमको लागि केही पूर्वयोजनाहरु बनाउन जुत्यौ।

    पौष १२ गते दोस्रो दिन ३ वटा विषयमा प्यानल डिस्कसन राखिएकोले ८ बजेदेखीनै सुरु गर्ने योजना रहेको थियो।आन्तरिक तयारीमा ढिलाइ भएकोले १० बजेमात्रै दोस्रो दिनको पहिलो सेशन सुरु भयो।

    दोस्रो दिनको पहिलो सेशन अत्यन्तै महत्त्वपूर्ण रहेको थियो।एक सिजनमै करोडौंको सीमी कारोबार गर्ने सरहनबारीको सिमिलाई बजारीकरण गर्ने सन्दर्भमा स्थानीयको अपेक्षा र स्थानीय तहको भूमिकाको विषयमा छलफल गरिएको थियो।

    'सरहनको सीमी उत्पादन र बजारीकरण' भन्ने बिषयमा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिव प्रसाद अर्याल, स्थानीय कृषक धन बहादुर राना, कृषि पत्रकार कृष्ण खनालले उत्पादन, बजारीकरण, व्यवस्थापन आदि विषयमा महत्त्वपूर्ण विषय उथ्थान गर्नुभएको थियो।

    गौतम बुद्दको जन्मस्थल लुम्बिनी अहिले संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा दर्ज भएको छ।लुम्बिनी सङ्गै मायादेवीको माइती र गौतम बुद्दको मावली स्थल देवदहलाई लुम्बिनी सङ्ग कसरी जोड्न सकिन्छ?देवदह बुद्द धर्मावलम्बी र आम सर्वसाधारणको पर्यटकीय गन्तव्य बन्न सक्छ कि सक्दैन? भन्ने सवलमा छलफल गर्न पहिलो दिनको दोस्रो सेशन  हामीले "आध्यात्मिक पर्यटन र बृहत्तर लुम्बिनी" शीर्षकको छलफल अत्यन्तै प्रभावकारी बन्यो।

    पर्यटन विद युवराज कडेल, पर्यटन व्यवसायी सागर अधिकारी र बौद्द धर्मका अध्याता प्रकाश अर्यालले बृहत्तर लुम्बिनी, पर्यटकीय सम्भावनाका विषय र चुनौतीका विषयमा गरिएको कुराकानी अत्यन्तै चाखलाग्दो बन्यो।

    प्यानल डिस्कसनका सबै विषय उत्तिकै महत्त्वपूर्ण भएपनि दोस्रो दिनको अन्तिम सेशनलाई विशेष रुपमा हेरिएको थियो।अस्थिर राजनीति र  राजनीतिमा देखिएको खिचातानीको कारण युवापुस्तामा नैरश्यता देखिएको छ।युवाहरू पढाइ अथवा रोजगारीको लागि दरलाग्दो ढङ्गबाट विदेश पलायन भैरहेका छन् । स्वदेशमै भएकाहरु पनि राजनीतिबाट अशन्तुष्ट छन्।

    सोही विषयलाई मध्यनजर गर्दै 'आम असन्तुष्टि र लोकप्रियतावाद' भन्ने विषयमा गरिएको कुराकानी निकै प्रभावसाली रह्यो। बड्ढो विदेश पलायनका कारण दक्ष जनशक्ति पलयान हुँदै जादा कालान्तरमा त्यसले राष्ट्रलाईनै गम्भीर असर गर्ने कुराको निष्कर्ष यो छलफलबाट निकालियो।

    पूर्व मन्त्री मीन बहादुर विश्वकर्मा, पूर्व मन्त्री राम कुमारी झाक्री, प्रतिनिधि सभा सदस्य मनिष झा र अर्थशास्त्री डाक्टर मिना पौडेलले  बहस गर्नुभयो। महोत्सवको समापन देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले गर्नुभयो ।सीमी विशेष मिडिया फेस्टिबल पश्चात् सरहनबारीको सीमीको कथा, कृषि र किसानका कथा स्थानीय तथा राष्ट्रियस्तरका टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनबाट प्राथमिकताका साथ प्रकाशन, प्रशारण भयो।

    कार्यक्रमको राष्ट्रिय स्तरका विभिन्न संचारमाध्यमबाट प्राथमिकताका साथ प्रशारण, प्रकाशन भएको र देवदह-६ सरहनबारीको सीमी उत्पादन र बजारीकरण गर्न,  देवदह र आसपास क्षेत्रको पर्यटन प्रबर्द्धन  र प्रचारको योगदान पुर्याएको हामीलाई विश्वास छ ।

    औपचारिक कार्यक्रम सकिएपछि कार्यक्रम स्थल बाहिर स्थानीयले त्यहाँ उत्पादन भएका सीमी, तरुल, पिनालु, अदुवा, साग जस्ता स्थानीय उत्पादन बिक्रीवितरण गरिरहेको दृश्यले मन आनन्दित भयो।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij