सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुचारु

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रादेशिक अस्पतालमा एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुचारु
    images
    images
    images

    लुम्बिनी पाना, कृष्ण रसाइली । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा नविनतम एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुचारु हुने भएको छ।

    एन्डोस्कोपिक कान शल्यक्रियामा ८ वर्ष भन्दा बढी अनुभव सङ्गै र एन्डोस्कोपिक कान शल्यक्रियामा अन्तर्राष्ट्रिय कार्य समूह  (International Working Group on Endoscopic Ear Surgery ) को सक्रिय सदस्य नाक, कान घाटीरोगका बिशेषज्ञ डा. सुमन पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा नविनतम एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुरू गरेका हुन। यस सङ्गै लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका कान सम्बन्धी रोगीहरूका लागि एक महत्वपूर्ण उपलब्धिका साथै विशेष राहत पनि हुने डा. पौडेलले जनाएका छ्न।

    images
    images
    images

     

    Messenger_creation_D765F0DB-A1BB-44E6-B756-6BF1244DF2B5.jpeg

     

    डा. सुमन पौडेल पूर्ण मान्यता प्राप्त नाक, कान, घाँटी, टाउको र घाँटी शल्य चिकित्सक हुन। उनले भारतको चण्डीगढ स्थित पोस्ट ग्राजुएट इन्स्टिट्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च( PGIMER, Chandigarh)बाट  पुर्ण छात्रवृत्ति प्राप्त गरेर आफ्नो आफ्नो विषयगत शैक्षिक योग्यता हासिल गरेका हुन । त्यस पश्चात डा. पौडेलले ५ बर्ष भन्दा बढी चितवन मेडिकल कलेजमा नाक, कान, घाटीका बिरामीहरूको सेवा संगै कलेजका विद्यार्थीहरूलाई नाक, कान, घाटी सम्बन्धी शिक्षा र तालिम पनि दिएका छ्न।

    अहिलेसम्म ७०० भन्दा धेरै कानका बिरामीहरूलाई एन्डोस्कोपिक प्रविधिबाट शल्यक्रिया गराएर सेवा दिसकेका डा. पौडेलले नाक, कान, घाटी रोगको उपचारको लागि विश्व स्तरको प्रविधि नेपाल मै भित्र्याएर बिरामीलाई उत्तम नतिजा दिनुपर्छ भन्ने कुरालाई जोड दिने गरेका छ्न।

    डा. पौडेलले कानको जालीमा प्वाल परेको (TYMPANOPLASTY), सुनाईको हड्डी रोगले खाएको (OSSICULOPLASTY), सुनाईको हड्डी जाम भएको (STAPES SURGERY), कानको पर्दा पछाडी पानी जम्मा भएको (OME) , लामो समय देखिको कान पाक्ने र हड्डी गलाउने रोग ( CHOLESTEATOMA) , कानका मध्य भागका ट्यूमर (GLOMUS TUMOR) लगायत अरू रोगको पनि एन्डोस्कोपिक प्रविधिबाट उपचार गरिरहेको र उपचार पुर्ण रुपमा सम्भव र सफल रहेको जानकारी दिए ।

    एन्डोस्कोपिक कान शल्यक्रियाका फाइदाहरू परम्परागत शल्यक्रियाको तुलनामा सानो चिरा पर्ने, कानभित्र स्पस्ट देखिने , कम पीडा र रक्तस्राव , चाँडो निको हुने प्रक्रिया , कम जोखिम  र बालबालिकाको लागि उपयुक्त रहेको जानकारी डा. पौडेलले दिए।

    यस प्रविधिले रोग निदान र उपचारलाई सहज, छरितो र कम कष्टकर बनाएको छ। परम्परागत शल्यक्रियाको तुलनामा, एन्डोस्कोपिक कान शल्यक्रिया कम समय, कम जोखिम र चाँडो निको हुने सुविधा प्रदान गर्दछ। जहाँ आधुनिक स्वास्थ्य सेवा पहुँच सिमित छ,यसले ग्रामीण तथा दुर्गम क्षेत्रका जनताका लागि अत्यन्तै लाभदायक सावित पनि भएको छ।  र यो सेवा कान सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूको जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेल्ने कुरा डा. पौडेलले बताए।

    डा. पौडेल एन्डोस्कोपिक कान शल्यक्रियाको विश्व संगठन International Working Group on Endoscopic Ear Surgery (IWGEES) को नेपालको लुम्बिनी प्रदेशमा एन्डोस्कोपिक कान शल्यक्रियामा सक्रिय योगदान गर्ने एक्लो प्रतिनिधि हुन।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij