सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहको उजेरीमा होमस्टे व्यवस्थापन तालिम

देवदहको उजेरीमा होमस्टे व्यवस्थापन तालिम

देवदहमा थपिदै पर्यटकीय स्थल

images
  • 548
    SHARES

  • images
    images
    images
    देवदहको उजेरीमा होमस्टे व्यवस्थापन तालिम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा एक हप्ते होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ।देवदह नगरपालिका वडा नम्बर-६ को उजेरीमा सात दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको हो।

    तालिमको समापन समारोहमा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर -६ का अध्यक्ष खेम बहादुर थापाले उजेरी सामुदायिक होमस्टेले उजेरीको मात्र नभएर समग्र देवदहकै पर्यटकीय क्षेत्रको विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

    images
    images
    images

    उजेरी सामुदायिक होमस्टे पुग्न यातायातको पूर्वाधारको आवश्यक रहेको औल्याउँदै यसका समाधानका लागि वडाले सक्दो प्रयास गरिरहेको बताउँदै भलुहीदेखी उजेरी सम्म यातायातको सहज सुविधाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि पहल गर्ने समेत अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो।

    एकहप्ते तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गरि आय आर्जन र समृद्धि हासिल गर्न सकिने बताउँदै वडा अध्यक्ष थापाले पर्यटकलाई आकर्षित गर्न उजेरी होमस्टेका घरहरुमा एउटै किसिमका रङ्गरोगन गर्नुपर्ने र त्यसको लागि वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा पर्यटन अगुवा एवं संचारकर्मी यम रानाले उजेरी सामुदायिक होमस्टेले स्थानीयलाई आय आर्जनमा जोड्न सहयोग पुग्ने बताउनुभयो। त्यस्तै देवदह आदर्श बहुमुखी क्याम्पसका उपाध्यक्ष प्रकाश अर्यालले विभिन्न संघ संस्था तथा सहकारीहरुले उजेरी होमस्टेमा कार्यक्रमहरु गरी होमस्टेसङ्ग जोडिन आग्रह गर्नुभयो।

    कार्यक्रममा प्रशिक्षक रमणी डुम्रे, प्रशिक्षार्थी मायादेवी सोमै लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। तालिममा प्रशिक्षक रमणी डुम्रे, सुरज बास्तोला र मनिसा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

    लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा संचालित तालिममा १५ महिला र ५ पुरुष गरि २० जनाको सहभागीता रहेको थियो।

    तालीममा होमस्टे व्यवस्थापन सङ्गै, पाहुनाको स्वागत सत्कार, ६१ प्रकारका स्थानीय मौलिक परिकारहरु बनाउन सिकाइएको होमस्टे महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष एवं प्रशिक्षक सुरज बास्तोलाले जानकारी दिनुभयो। 

    समापन कार्यक्रम पर्यटन डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्र प्रसाद भुसालको अध्यक्षता, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनकराज खनालको संचालन, उजेरी सामुदायिक होमस्टेका अध्यक्ष बिष्णु बरालको स्वागतमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij