सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नयाँ शक्ति सँगै जागेको गाली गर्ने प्रवृत्ति

नयाँ शक्ति सँगै जागेको गाली गर्ने प्रवृत्ति

समाजको ऐना

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    नयाँ शक्ति सँगै जागेको गाली गर्ने प्रवृत्ति
    images
    images
    images

    विवेक पौडेल /लुम्बिनी पाना

    वर्तमान राजनिती निकै उथलपुथल जनक छ । अस्थिर सरकार प्रती जनता चिडिएका छन् । कतिपय जनता नयाँ विकल्प खोज्ने तयारीमा जुटेको देख्न सकिन्छ त कतिपय आफुलाई अबको विकल्प म हुँ भन्दै चिनाउन दौडधुप गरिरहेको देख्न सकिन्छ । जनता सरकार प्रती आलोचक भएका छन् । सरकार अथवा सरकारमा रहेका कोहि पनि व्यक्तिले दिएको अभिव्यक्ति प्रति आलोचनात्मक छन् ।

    images
    images
    images

    विद्रोह पछि निर्माण भएको सरकारप्रति जनता आलोचक हुनु स्वभाविक हो । यदि सरकारले जनताको आलोचना अनुरुप आफुलाई सुधार गर्न सकेन भने पुनः विद्रोह निश्चित हुन्छ । वर्तमान परिवेशमा हेर्दा जनता आलोचक भएका हुन् वा कथित आलोचना सृजना गरिएको हो यकिन गर्न गाह्रो छ । सामाजिक संजालमा सरकार प्रती असन्तुष्ट अभिव्यक्ति प्रशस्त देख्न सकिन्छ । तर भर्खरै भएको उप-निर्वाचनको नतिजा हेर्दा जनताले वास्तवमै नयाँ विकल्प खोजेका हुन् भन्ने कुरामा ठूलो प्रश्नचिन्ह खडा भएको छ ।

    वि.सं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले गरेको छलाङ उदाहरणीय थियो । सोही छलाङ प्रती आकर्षित भएर संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठ्ने लहड सुरु भयो । स्वतन्त्र विषय सँग मिल्दोजुल्दो नाम राखेर, हामी विकल्प हौँ भनेर राजनितीक दल दर्ता भए । उक्त निर्वाचनमा कतिपय वास्तविक स्वतन्त्र थिए त कतिपय बागको छाला बोकेका स्याल जस्तै स्वतन्त्रको आडमा भोट काट्ने वा आफ्नो स्वार्थ पूरा गर्न उठेका थिए । त्यसरी उठेका उम्मेदवार वास्तविक विकल्प हुन् कि भनेर जनता झुक्किए र मत विभाजित भएका उदाहरण पनि प्रशस्तै थिए ।

    उक्त निर्वाचन पश्चात् नयाँ शक्ति र पुराना शक्ति भन्दै जनताको विचार बाडिन थाल्यो । नया भनिएका विकल्पले पुराना दल बाट केही पनि काम हुन नसक्ने भष्य सृजना गर्दै लागे भने पुराना शक्तिले अनुभव विना राजनीतिमा प्रवेश गरेकाले उल्टै विनाश ल्याउने जस्तो भाष्य सृजना गर्न थाले । सामाजिक संजाल देखी लिएर राजनीतिक भेलामा समेत दुई शक्तिले एक अर्कालाइ आरोप प्रत्यारोपण लगाउने क्रम जारी नै रह्यो । यसले जनतामा विचार-विचार बिच द्वन्द सृजना गर्न सुरु गर्यो ।

    वर्तमान परिवेशमा हेर्दा नयाँ शक्ति तर्फ विचार राख्नेले पुरानो दल प्रती निकै आक्रोशित अभिव्यक्ति दिएको देख्न सकिन्छ । वास्तवमै यी अभिव्यक्ति जनताले व्यक्त गरेका हुन् वा व्यक्त गर्न लगाइएको हो भन्ने कुरामा अन्योल देखिन्छ तर केही यस्ता कारण पनि छन् जसले जनतालाई आक्रोश हुन बाध्य बनाएको छ । 

    १) आफू अनुरुप काम नभएर

    नेपालमा जनआन्दोलन पश्चात् प्राप्त भएको गणतन्त्र पछि देशमा क्रान्ति आउने छ । देशले विकासमा फड्को मार्ने छ भन्नेमा जनता विश्वस्त थिए । गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि जनताले चाहे अनुरुपको विकास हुन सकेको छैन । विकास भएपनी एउटा कामलाई सम्पन्न हुन लामो समय लगाउने र उक्त काम मै धेरै भ्रस्टाचार गर्ने पाइएकाले जनताले विकास भएपनी भएजस्तो अनुभुती गर्न सकेका छैनन् । 

    २) कथित समस्या प्रति विश्वास

    विज्ञान र प्रविधि को युगमा कम्प्युटरको प्रयोग गरेर जस्तो पनि अडियो वा भिडियो बनाउन सकिन्छ । नेपालका अधिकांश जनता यस्ता ए आइ द्वारा निर्माण गरिएका अडियो र भिडियो के हुन् भन्ने जानेका छैनन् । सामाजिक संजालमा पुरना शक्तिका नेताले गरेको भासणको गलत अर्थ लाग्ने क्लिप बनाएर प्रासारण गर्ने, अडियो सार्वजनिक गर्ने लगायतका कार्य व्यापक रुपमा देख्न सकिन्छ । त्यस्ता क्लिपले जनतामा ती नेता प्रती वितृष्णा जगाएको छ ।

    सामाजिक संजालमा ए आइ भिडियो प्रसारण गर्ने देखि लिएर विभिन्न कुरामा भ्रम फैलाउने काम व्यापक रुपमा हुँदै आएको छ । सामाजिक संजाल मार्फत जनतालाई देश सकियो जस्तो घटना सृजना गरेर नयाँ दल नै अबको अन्तिम विकल्प हो भन्ने भ्रममा फसाउन खोजेको पनि देख्न सकिन्छ । आफ्नो व्यक्तिगत विवरण लुकाएर बनाइएका आइडी मार्फत भ्रम फैलाउने काम भएको छ । यसले सामाजिक संजालमा आउने आलोचना वास्तविक हुन वा होइनन् भन्ने अन्योलमा पारेको छ ।

    यसरी हेर्दा सामाजिक संजालको प्रयोग गरेर मिथ्या सुचना फैलाएर जनतामा आफू नै अन्तिम विकल्प हो भन्ने भ्रम नयाँ शक्तिले फैलाउन खोजेको देख्न सकिन्छ । सरकारले कुनै नयाँ व्यवस्था ल्याउँदा अथवा उनिहरुले गरेका हरेक कार्यको एकोहोरो विरोध मात्र गरेको देख्न सकिन्छ । वर्तमान अवस्थामा नेपाली जनता सामाजिक संजालले यति सम्म प्रभावित छन् कि उनिहरुले त्यसबाहेक अन्य कुरा के सत्य के गलत मान्नै सक्दैनन् ।

    एक सामान्य मान्छेले कुनै सकारात्मक भन्दा नकारात्मक घटनामा बढी चासो देखाउने गर्दछ । यो विश्वभरका मानिसको मानसिकता हो । यही कुराको फाइदा उठाउदै सामाजिक संजालमा अधिकांश समाचार नकारात्मक हुन्छन् । नकारात्मक समाचारको भिडमा कुनै एक सकारात्मक समाचार आउछ भनेपनि मानिसहरु त्यस समाचारलाई वास्ता दिदैनन् । बरु उल्टै उक्त समाचारमा खेद खोज्न थाल्छन् र नकारात्मक टिप्पणी निकाल्छन् । अहिले नेपालमा पनि नयाँ भनिएका शक्तिका साइबर सेनाले विभिन्न मध्यमको प्रयोग गरेर नकारात्मक सुचना फैलाएर जनतामा एक प्रकारको डर सृजना गरेका छन् ।

    जनतामा पुरान दलले देश रित्तो पारे जस्तो परेजस्तो भाष्य सृजना गरेर आफुनै देश विकासको अन्तिम विकल्प भन्ने होडबाजीमा नया शक्तिलाई देख्न सकिन्छ । कतिले राजा आए देश विकास हुने दावी गरेका छन् त कतिले स्वतन्त्र आए हुने त कतिले प्रत्यक्ष निर्वाचन भएमात्र देश विकास हुने दाबी गरेका छन् । नयाँ शक्तिमा पनि मत विभाजन हुदा भ्रमको खेती कसैले चाख्न सकेका छैनन् । कसैले आफ्नो स्वतन्त्र अभिव्यक्ति राख्दापनी उसलाइ तथानाम गाली गरेर आफ्ना भनाइ सम्म राख्न नपाउने स्थिती सृजना गरेका छन् । सरकारले गरेका राम्रो कामको प्रशंसा गरेर सामाजिक संजालमा केही प्रस्तुत गर्दा कमेन्टमा गालीको वर्षात हुन्छ । जिउदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली दिने देखि लिएर तथानाम गाली सम्म गर्ने गरेको देख्न सकिन्छ ।

    नयाँ शक्ति र पुरानो शक्ति भन्ने विवाद नआउन्जेल कसैको विचार मथी गाली गर्ने चलन थिएन तर यो विवाद आएपछि समाजिक संजालमा गाली गर्ने चलन सुरु भएको हो । यस्तो प्रवृत्तिमा विशेष गरेर विदेशम बस्ने युवा सामेल रहेको देख्न सकिन्छ ।उनीहरुको दिमागमा यतिसम्म प्रभाव परिएको छ कि उनिहरुले आफ्नो स्वतन्त्रताको हक छ भन्दैमा केही नसोची आफ्नो अभिव्यक्ति प्रसुत गर्छन् कतिपय कनुन सम्मत हुँदैनन् र पक्राउ पनि पर्ने गर्छन् । अहिले यसरी पक्राउ हुनेको संख्या निकै मात्रामा वृद्धि हुँदै अएको छ । 

    यसरी दैनिकी रुपमा सामाजिक संजालमा आउने कुरा जसले हाम्रो ध्यान आकर्षित गरेको छ त्यो कत्तिको साचो हो ध्यान दिनुपर्छ । विशेष गरि सत्य भन्दापनी तथ्यमा आधारित सूचनामा विश्वास राख्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न सामाजिक संजालमा भ्रम फैलन नदिन सम्बन्धित निकाय सक्रिय हुनु आवश्यक छ।

    'समाजको ऐना' लुम्बिनी पानाको नयाँ स्तम्भ हो।यस स्तम्भमा समसामयिक राजनीतिक, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विषय समेटेर लेखक तथा स्तम्भकारका लेखहरु प्रकाशन हुने गर्दछ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij