मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धि अभिमूखिकरण

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धि अभिमूखिकरण

images
  • 995
    SHARES

  • images
    images
    images
    किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धि अभिमूखिकरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदहमा किशोर किशोरी मैत्री स्वास्थ सेवा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ। देवदह -२ स्थित केरवानी स्वास्थ्य चौकीको आयोजना र देवदह नगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा अभुमूखिकरण , अर्धवार्षिक समिक्षा र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले किशोर किशोरीहरुले आफुलाई परेका समस्याहरु निर्धक्क शेयर गर्नुपर्ने, दवाव र धाकधम्कीमा बस्न नहुने र कुनै प्रलोभनमा पर्न नहुने बताउनुभयो।

    images
    images
    images

    किशोर किशोरी मैत्री स्वास्थ्य चौकी हुनका लागी १५ वटा सूचक पूरा गर्नुपर्ने बताउँदै केरवानी स्वास्थ्य चौकी जिल्लाकै दोस्रो किशोरकिशोरी मैत्री स्वास्थ्य चौकी भएको र यो अवस्थामा पुर्याउन सफल स्वास्थ्य चौकी संचालन टिमको प्रसंशा समेत गर्नुभयो।

    कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका इन्चार्ज काशिराम रेग्मीले बोल्दै स्वास्थ्य चौकी ले ९७.७७ अंक प्राप्त गरेको जानकारी दिनुभयो।स्वास्थ्य चौकीमा यौन, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य लगायत किशोरावस्थामा सृजना हुने समस्याहरुको लागि निर्धक्क साथ सेवा लिन आउन र पूर्ण गोपनियता र नि:शुल्क रुपमा उपचार तथा परामर्श दिइने जानकारी समेत दिनुभयो।

    कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत माया पुन, नमूना एभरग्रीनका प्राचार्य कमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम देवदह २ का का.वा. अध्यक्ष बेलुमाया बमरेलको अध्यक्षता र सिनियर अनमी भगवती भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

    किशोर किशोरी समिति गठन

    सोहि कार्यक्रममा किशोरावस्थामा आउने सम्भावित समस्याका बारेमा पहिचान र सहजीकरणका लागि २१ सदस्यीय किशोर किशोरी समिति गठन गरिएको छ। जसको अध्यक्षमा प्रीन्स श्रेष्ठ, उपाध्यक्षमा  युनिशा नेपाली, सचीवमा रिया राना, कोषाध्यक्षमा श्रेया बश्याल र सहसचीवमा विपासा बगाले रहेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, फाल्गुण २२ २०८१०७:४९:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij