लुम्बिनी पाना, अमेरिका। संयुक्त राज्य अमेरिका स्थित टेक्सास प्रदेश सभाले मार्च १३ लाई "लुम्बिनी दिवस" को रुपमा मनाउने घोषणा गरेको छ। टेक्सासको राजधानी अस्टिनमा टेक्सासको सभाले मार्च १३ लाई लुम्बिनी दिवसको रुपमा मनाउने घोषणा गरेको टेक्सासबाट देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले जानकारी दिनुभयो।

नेपालबाट बुद्ध परिपथका नगरपालिकाहरु बुद्दको मावली स्थल देवदहबाट देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, बुद्धले २९ बर्ष विताएको (राजदरबार) प्राचिन कपिलवस्तु तिलौराकोट, कपिलवस्तुबाट कपिलवस्तु नगरपालिकका नगर प्रमुख सुदिप पौडेल, बुद्धको अष्तिधातु रहेको रामग्राम नगरपालिका नवलपरासीबाट नगर प्रमुख धनपत यादव, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव राम प्रसाद ज्ञवाली, बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीका लेखा अधिकृत रामचन्द्र अर्याल, बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने सहभागी रहेका छन् ।
हाल अमेरिकामा बुद्ध परिपथ अन्तर्गतका पालिकाहरुको प्रतिनिधित्व गरि नेपालबाट भ्रमणमा रहेका प्रतिनिधि मण्डलको मार्च १३ मा समन्वय बैठक समेत सम्पन्न भएको छ।
समन्वय बैठकमा युएसए टेक्सास एवं ग्रेटर अस्टिन नेपाली समुदाय आध्यात्मिक केन्द्र अस्टिन संयुक्त राज्य अमेरिकाको तर्फबाट लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा निरन्तर लागिरहनुभएका सामाजिक अभियन्ता एवम् प्राध्यापक डा. प्रभात दिक्षित, इन्द्रेणी सांस्कृतिक संघ इरभिङ टेक्सास, संयुक्त राज्य अमेरिकाका अध्यक्ष एवं पर्यटन विभाग प्रमुख गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्-अमेरिका, (एनआरएनए एनसीसी अमेरिका) का उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, (NEAJA USA) का अध्यक्ष सुरज भण्डारी, गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्-अमेरिका(एनआरएनए एनसीसी अमेरिका) अध्यक्ष सविन्द्र थापा, ग्रेटर नेपाल अष्टिन सोसाईटीका अध्यक्ष बिदुर खतिवडा, राससका युएसए प्रतिनिधि शंकर थापा र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उक्त बैठकमा निम्न विषयमा प्रस्ताव एवं छलफल भएको छ। जस अनुसार बुद्ध परिपथ लुम्बिनी प्रदेश नेपालका पालिकाहरु (कपिलवस्तु, लुम्बिनी सास्कृतिक, देवदह, रामग्राम र तिलोत्तमा) र नेपालको पर्यटन प्रवर्द्धन, नेपाली धर्म सस्कृतिको सरक्षण तथा विकासका लागि अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा / विहार मार्फत लुम्बिनीको प्रचार प्रसारमा सहयोग र सहकार्य गर्ने निर्णय भएको भ्रमण टोलिका प्रतिनिधिले लुम्बिनी पाना पत्रीकालाई जानकारी दिएका छन् ।
त्यस्तै ग्रेटर अस्टिन नेपाली समुदाय आध्यात्मिक केन्द्र अस्टिन संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवं पदाधिकारीहरु र अस्टिन नागरिकहरुलाई नेपालको बुद्धभुमी बुद्ध परिपथका पालिकाहरु एवम् पर्यटकिय स्थलको भ्रमणको निमन्त्रणा, पर्यटन प्रबर्द्धन र बुद्ध परिपथको प्रचार प्रसारमा निरन्तर सहकार्य गर्ने गर्ने निर्णय भएको अमेरिका बाट देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले लुम्बिनी पानालाई जानकारी दिनुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij