सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रास्वपा कुनै गुट उपगुटमा फस्दैन : कार्यवाहक सभापति अर्याल

रास्वपा कुनै गुट उपगुटमा फस्दैन : कार्यवाहक सभापति अर्याल

images
  • 374
    SHARES

  • images
    images
    images
    रास्वपा कुनै गुट उपगुटमा फस्दैन : कार्यवाहक सभापति अर्याल
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको देवदह नगर समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ।शनिबार देवदह -७ मिलनचोकमा पार्टीको नगर सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो।

    पार्टी सम्पर्क कार्यालय उद्घाटन एवं देवदह वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय कार्यवाहक सभापति डोल प्रसाद अर्याल (डीपी)ले फरक प्रसङ्गमा बोल्दै उहाँले रास्वपा अबको २० वर्ष कुनै गुटउपगुट र स्वार्थमा नलागी नितान्त देश र जनताको मुद्दा बोकेर अभियनमा होमिएको उद्घोष गर्नुभयो।

    images
    images
    images

    ठुला राजनीतिक दलको अकर्मण्यताका कारण मुलुकमा राजनीतिक अस्थिरता मौलाएको कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताउँदै सभापति अर्यालले मुलुकमा अस्थिरता हटाई शान्ति समृद्धि र अमन चयन कायम गर्न रास्वपा जन्मिएको बताउनुभयो।

    कार्यवाहक सभापति अर्यालले २० औं वर्ष सत्तामा बस्दा पनि राजनीतिक दलहरू सत्तालिप्सा र स्वार्थमा मात्र केन्द्रित भएको र वास्तविक रुपमा स्थायित्व र समृद्धिको लागि रास्वपाको बहुमतको सरकार हुनुपर्ने उल्लेख गर्नुभयो। अबको चुनावमा रास्वपा १५० सिट जित्ने गरि तयारी गरिरहेकोले सो अभियानमा लाग्न कार्यकर्तालाई अपील गर्नुभयो।।कार्यक्रममा सयौं जना रास्वपा पार्टीमा प्रवेश गरेका थिए।कावा सभापति अर्याल सहितको टिमले पार्टीको ब्याच लगाएर पार्टी प्रवेश गरेको रास्वपा देवदहले जनाएको छ।

    कार्यक्रममा रास्वपाका केन्द्रिय विभाग सदस्य गणेश पौडेल, प्रदेश सभापति देभराज पाठक, जिल्ला सचीव बिष्णु प्रसाद पौडेल, क्षेत्रीय सदस्य रुकात्मक भारती, नव प्रवेशी धर्मराज पौडेल लगायतले बोल्नुभएको थियो।

    कार्यक्रम रास्वपा देवदह नगर समितिकाका सभापति किरण भण्डारीको अध्यक्षता, उपाध्यक्ष ज्ञानचन्द्र भुसालको स्वागत र सचीव प्रकाश अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij