सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विश्व क्षयरोग दिवसको अवसरमा केरवानी स्वास्थ्य चौकीमा विविध कार्यक्रम

  • 977
    SHARES

  • images
    images
    images
    विश्व क्षयरोग दिवसको अवसरमा केरवानी स्वास्थ्य चौकीमा विविध कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। 'हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता" भन्ने मुल नारासहित आज केरवानी स्वास्थ्य चौकीले विभिन्न कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाएको छ।

    विश्व क्षयरोग दिवस २०२५ को अवसरमा वडास्तरीय अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रमको साथै ६० वर्ष माथीका जेष्ठ नागरिक, संकास्पद र मधुमेहका बिरामीहरूको खकार परीक्षणको लागि नमुना सङ्कलन र क्षयरोग स्क्रिनिङको पनि सुरुवात गरिएको छ। कार्यक्रमकै अवसरमा क्षयरोग बिरामीलाई छिटो भन्दा छिटो पहिचान गरि, उपचारमा ल्याई संक्रमण र क्षयरोग फैलिने दरमा कमि ल्याई क्षयरोग मुक्त टोल र वडा बनाउनका लागि सबै एकजुट भएर लाग्ने भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरि प्रतिबद्धता जनाइएको छ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले क्षयरोगको परिचय, सर्ने माध्यम, जोखिम तत्व तथा समुदाय, रोकथामका उपाय, उपचार पद्धति र व्यवस्था, क्षयरोग अन्त्यका लागि विभिन्न निकायको भुमिका , क्षयरोगको वर्तमान अवस्था लगायत विषयमा प्रस्तुतिकरणका माध्यमबाट सहजिकरण गर्नुभएको थियो ।

    सोही अवसरमा उहाँले बृहत रुपमा लुकेर बसेका क्षयरोग संक्रमितलाई छिटो भन्दा छिटो पहिचान गरि उपचारको दायरामा ल्याउन सके मात्र क्षयरोग मुक्त टोल, समाज र राष्ट्र बनाउन सकिने हुँदा सबै निकायलाई हातेमालो गरि स्वास्थ्य संस्थाको अभियानलाई सहयोग गर्न आह्वान पनि गर्नुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य गिता भण्डारी, टोल सुधार समितिका अध्यक्ष लिल बहादुर गुरुङ, लगायतले बोल्दै स्वास्थ्य चौकीले अभियानको रुपमा ल्याएको यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण निकायले सघाउने र वडा नम्बर २ भित्रका सम्पूर्ण टोलका नागरिकलाई सचेत गराइ क्षयरोग (Screening) स्कृनिङ अभियानमा जोड्न पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा सदस्य अण प्रसाद न्यौपाने, वडासदस्य एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति उपाध्यक्ष बेलुमाया बमरेल, वडा सचिव फणेन्द्र प्रसाद बगाले, व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी, जेष्ठ नागरिक, टोल सुधार समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेकोलुम्बिनी पाना, देवदह। 'हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता" भन्ने मुल नारासहित आज केरवानी स्वास्थ्य चौकीले विभिन्न कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाएको छ।

    विश्व क्षयरोग दिवस २०२५ को अवसरमा वडास्तरीय अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रमको साथै ६० वर्ष माथीका जेष्ठ नागरिक, संकास्पद र मधुमेहका बिरामीहरूको खकार परीक्षणको लागि नमुना सङ्कलन र क्षयरोग स्क्रिनिङको पनि सुरुवात गरिएको छ। कार्यक्रमकै अवसरमा क्षयरोग बिरामीलाई छिटो भन्दा छिटो पहिचान गरि, उपचारमा ल्याई संक्रमण र क्षयरोग फैलिने दरमा कमि ल्याई क्षयरोग मुक्त टोल र वडा बनाउनका लागि सबै एकजुट भएर लाग्ने भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरि प्रतिबद्धता जनाइएको छ।

    देवदह नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले क्षयरोगको परिचय, सर्ने माध्यम, जोखिम तत्व तथा समुदाय, रोकथामका उपाय, उपचार पद्धति र व्यवस्था, क्षयरोग अन्त्यका लागि विभिन्न निकायको भुमिका , क्षयरोगको वर्तमान अवस्था लगायत विषयमा प्रस्तुतिकरणका माध्यमबाट सहजिकरण गर्नुभएको थियो ।

    सोही अवसरमा उहाँले बृहत रुपमा लुकेर बसेका क्षयरोग संक्रमितलाई छिटो भन्दा छिटो पहिचान गरि उपचारको दायरामा ल्याउन सके मात्र क्षयरोग मुक्त टोल, समाज र राष्ट्र बनाउन सकिने हुँदा सबै निकायलाई हातेमालो गरि स्वास्थ्य संस्थाको अभियानलाई सहयोग गर्न आह्वान पनि गर्नुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य गिता भण्डारी, टोल सुधार समितिका अध्यक्ष लिल बहादुर गुरुङ, लगायतले बोल्दै स्वास्थ्य चौकीले अभियानको रुपमा ल्याएको यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण निकायले सघाउने र वडा नम्बर २ भित्रका सम्पूर्ण टोलका नागरिकलाई सचेत गराइ क्षयरोग (Screening) स्कृनिङ अभियानमा जोड्न पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    कार्यक्रममा वडा सदस्य अण प्रसाद न्यौपाने, वडासदस्य एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति उपाध्यक्ष बेलुमाया बमरेल, वडा सचिव फणेन्द्र प्रसाद बगाले, व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी, जेष्ठ नागरिक, टोल सुधार समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम देवदह -२ का वडा सचीव एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य फणेन्द्र प्रसाद बगालेको स्वागत र स्वास्थ्य चौकीका सिनियर अनमी समिरा पौडेलको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij