लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-७, शितलनगरमा एक दिने निशुल्क वाथ रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेशनल वाथरोग सेन्टर बुटवलको आयोजना र यशोधरा भिक्षुणी विहार शितलनगरको व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा जेष्ठ नागरिक र ४० वर्ष भन्दा माथिका गरि १ सय ६६ जना महिला तथा पुरुषको स्वास्थ्य परिक्षण गरिएको थियो ।
कार्यक्रमको शुभारम्भमा बोल्दै यशोधरा भिक्षुणी विहारका अध्यक्ष न्यानोवती गुरुमाले स्वास्थ्य नै जीवनको महत्त्वपूर्ण सम्पत्ती भएकाले सवै जना आफ्नो स्वास्थ्य प्रति सचेत हुनु पर्ने बताईन । विहार धर्म प्रचार गर्ने ठाउँ मात्रै नभएको बताउँदै उनले सामाजिक जागरण र स्वास्थ्य प्रति जागरण फैलाउन पनि विहारले भुमिका निर्वाह गरेको वताईन ।
यशोधरा भिक्षुणी विहार संरक्षण समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता र सहसचिव किसन बहादुर थापाको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिका-७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी , यशोधरा भिक्षुणी विहार संरक्षण समितिका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले बोल्दै स्वास्थ्य प्रति सचेतना फैलाउन यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij