सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा स्वास्थ्य स्वयंसेविकाहरुको लागी दुई दिने क्षमता विकास तालीम

देवदहमा स्वास्थ्य स्वयंसेविकाहरुको लागी दुई दिने क्षमता विकास तालीम

images
  • 913
    SHARES

  • images
    images
    images
    देवदहमा स्वास्थ्य स्वयंसेविकाहरुको लागी दुई दिने क्षमता विकास तालीम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा स्वास्थ्य महिला सामुदायिक स्वास्थ्यकर्मी स्वयंसेविकाहरुको लागी २ दिने क्षमता विकास तालीम सम्पन्न भएको छ। उप-प्रमुखसंग महिला कार्यक्रम अन्तर्गत देवदह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको हो।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यकर्मी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभएको थियो। कार्यवाहक नगर प्रमुख गुरुङले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताउँदै स्वास्थ्य स्वयंसेविकले निस्वार्थ रूपमा सेवा गरेको भन्दै स्वयंसेविकाको कामको प्रशंसा गर्नुभएको थियो।

    images
    images
    images

    तालीममा देवदह नगर अस्पतालका डाक्टर सुजन पौडेल, केरवानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक काशिराम रेग्मी, जन स्वास्थ निरीक्षक राम प्रसाद पन्थी, सिनियर अहेब हेमलाल कुवर, सिनियर अनमी मिनु पुन, देवी विश्वकर्माले नाक कान सम्बन्धि, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, उच्च रक्तचाप लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो।

    कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ तालिमले स्वयंसेविकाको क्षमता विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वयंसेविकाहरूको तर्फबाट चन्द्राणी पाण्डे र पवित्रा न्यौपाने लगायतले बोल्नुभएको थियो।

    तालीममा ९३ जना स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो।सोही अवसरमा १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको थियो।देवदह नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गिरी तरामुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij