सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

images
  • 363
    SHARES

  • images
    images
    images
    शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव
    images
    images
    images

    सुनकोशी, (सिन्धुली), १८ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ ।आज सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी समृद्ध र स्वस्थ नेपाल निर्माण गर्ने हाम्रो साझा सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ । जहाँ शुद्ध पानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ ।”

    यसैगरी मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभई यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गर्नुभयो । “आज यहाँ सुरु गरिएको यो योजना हाम्रो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । म विश्वस्त छु । यहाँका प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यसको प्रत्यक्ष लाभ उठाउनेछन्,” मन्त्री यादवले भन्नुभयो ।
    सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना सरकारको ‘घर–घरमा सुरक्षित पानी’ पहुँचको रणनीति हो । जसले समग्र जनस्वास्थ्य र स्थानीय समृद्धिमा योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु ।”

    images
    images
    images

    आयोजनाको निर्माण कार्यका लागि सम्झौता बिसं २०७९ साल असार ९ गते गरिएको तथा प्रारम्भिक योजना अनुसार, आयोजनाको कार्य बिसं २०८१ साल असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कार्य प्रगति र आवश्यक परिमार्जन पछि अन्तिम लागत रु ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको छ । यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धि का क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याउने विश्वास लिइएको छ ।”
    सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा आयोजना अन्तर्गत कुल दुई हजार ५३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुग्ने लक्ष लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा सिन्धुली–२ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य लेखनाथ दहाल (राजन), सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइरालाले नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    खानेपानी मन्त्रालयका सचिव ई प्रमिला देवी शाक्य बज्रचार्यले आगामी दिनहरूमा पनि यहाँका नागरिकलाई अझ आधुनिक, पहुँचयुक्त र जनमैत्री खानेपानी सेवा पुर्‍याउने सरकारको अटल सङ्कल्प रहेको बताउनुभयो ।उक्त कार्यक्रममा सुनकोशी गाउँपालिका–५ का वडाअध्यक्ष सुरतकुमार वस्याल, सुनकोशी–६ का वडाअध्यक्ष महेन्द्रबहादुर थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयवासीको सहभागिता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij