लुम्बिनी पाना, काठमाडौं । अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यामन कानुन उलंघन गर्ने पाँच जनालाई निष्कासन गरिएको हो। निष्कासमा पर्नेमा म्याग्दी बेनीका कार्की, जाजरकोट त्रिवेणीका शाही, काठमाडौं बौद्धका लामा, डोल्पाका गुरुङ र ठेगान नखुलेका कडायत थरका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये तीन जना एयर इन्डिया र बाँकी दुई जना कतार एयरलायन्सबाट फर्काइएको हो।
स्रोतका अनुसार उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालहरूलाई धमाधम फर्काइँदै छ।
यस अघि पनि अमेरिकाबाट नेपालीहरुलाई निष्कासन गरिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij