लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको छ। राष्ट्रिय जनमोर्चाले यहि बैशाख २० गतेदेखि २६ गतेसम्म देशव्यापी विरोध कार्यक्रम अनुसार आइतबार देवदहको शितलनगरमा विरोध सभा गरेको हो।
राष्ट्रिय जनमोर्चाले संघीयता धेरै खर्चिलो भएको बताउँदै संघीयता खारेजीको माग गर्दै पालिका स्तरीय कार्यक्रम संचालन गरेको र रुपन्देही को सबै पालिकामा विरोध प्रदर्शन गरिने पार्टीले जनाएको छ।
देवदहमा भएको प्रदर्शनमा नेकपामा मसालका रुपन्देही जिल्ला प्रबक्ता लालचन्द्र पन्त, जिल्ला अध्यक्ष तान बहादुर केसी लगायतले बोल्दै गणतन्त्र कमजोर हुँदा प्रतिगामीहरुले चलखेल गरेको भन्दै गणतन्त्रको रक्षा सङ्गै प्रतिगमन र प्रदेश संरचना खारेज अभियानमा लाग्न आग्रह गरेका थिए।
राजमोले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ लगायतका माग राख्दै जिल्ला र पालिकस्तरमा प्रदर्शन गरिने जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij