सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पार्टी एकता जोगाउन लागिपरेको छु :प्रचण्ड

पार्टी एकता जोगाउन लागिपरेको छु :प्रचण्ड

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    पार्टी एकता जोगाउन लागिपरेको छु :प्रचण्ड
    images
    images
    images

    असार २७,चितवन।चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

    images
    images
    images

    कोरोनाको प्रभाव र असर देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् । तर हामी सँधैं एक छौं,’ उनले भने ।

    एकतालाई जोगाउन संघर्ष गरिरहेको भन्दै उनले भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु । पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

    उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन र एक ढिक्का हुन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

     

    images
    images
    • शनिवार, आषाढ २७ २०७७०८:०६:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij