सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अनेमसंघ (क्रान्तिकारी) देवदहको अध्यक्षमा सुन्दरी गिरी

अनेमसंघ (क्रान्तिकारी) देवदहको अध्यक्षमा सुन्दरी गिरी

images
  • 413
    SHARES

  • images
    images
    images
    अनेमसंघ (क्रान्तिकारी) देवदहको अध्यक्षमा सुन्दरी गिरी
    images
    images
    images

    देवदह । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवदह नगरको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।संघको बिहिवार सम्पन्न चौथो अधिवेशनले सुन्दरी गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

    संघको उपाध्यक्षमा उपाध्यक्ष शुसिला आले, शान्ता आचार्य गौतम, गिता रुचाल, सचिवमा गोमा भुर्तेल, सहसचिवमा सावित्री भुर्तेल, कोषाध्यक्ष धना सापकोटा र सदस्यहरुमा सरस्वती पोखरेल विक, भगवती सापकोटा, राम कुमारी मुसहर, इसरा पुन, फुलमाया राना, खैसरा पुन, सीता न्यौपाने, ललिता तिवारी, सन्जु ढकाल, भूमिका न्यौपाने, इसरावती मल्लाह, चन्द्र विक, सोमानी कुवर जोगी लगायत रहेका छन् ।

    images
    images
    images

    अधिवेशनमा आफ्ना प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवले मन्तव्य व्यक्त गर्दै अधिकार प्राप्तिका लागी महिलाहरु संगठित हुन जरुरी रहेको बताउनुभयो।विगतमा परिवर्तनका खातिर भएका सबै किसिमका क्रान्ति र आन्दोलनमा महिलाहरुको त्याग र बलिदानीको कारण परिवर्तन संभव भएको उहाँले बताउनुभयो।

    त्यस्तै पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जिसीले महिलाहरु संगठित भइ आन्दोलनमा पुरुष सरह हातेमालो गर्दै होमिएको कारण परिवर्तन सम्भव भएको विचार व्यक्त गर्नुभयो।संयोजक जिसीले नयाँ कार्यसमितिलाई बधाई दिदै महिलाहरुको हक, हित र अधिकारको सुनिश्चितताका लागी प्रतिबद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो।

    कार्यक्रममा केन्द्रिय सदस्य राम परियार, अनेमसंघ रुपन्देही जिल्ला संयोजक दीपिका शर्मा, लुम्बिनी प्रदेश सदस्य निर्मला जिसि, नगर अध्यक्ष दिपक न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    नगर अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षता, उपाध्यक्ष प्रेमकला ढकालको स्वागत र सचीव सुशीला आलेको संचालनमा अधिवेशन सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij