देवदह। नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघ देवदह नगर समितिको अध्यक्षमा गोविन्द गोविन्द बहादुर खत्री 'पृथ्वी' निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न नगर अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। संघको उपाध्यक्षमा शिब ढकाल, सचिवमा भिम सेन विक, सह-सचिवमा राजा कुमार थापा ठडराई, कोषाध्यक्षमा संगीता थापा र सदस्यहरुमा रन्जु ढकाल, प्रकाश न्यौपाने, निर्मला विक शोभा देवी राजभार लगायत रहेका छन्।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला संयोजक नारायण जिसी 'निर्मल" ले भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको हक अधिकार र मुक्तिका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र रहेको बताए। अन्य दलले सुकुम्बासीको मत प्रयोग गर्न झुठा आश्वासन दिएर वास्तविक सुकुम्बासीको अधिकारलाई कुण्ठित गरेको आरोप लगाउदै नेता जिसीले माओवादी केन्द्र सधै भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको साथमा रहेको बताए।
संयोजक जिसीले माओवादीले भुमिहीन र सुकुम्वासीको पक्षमा द्धन्द्धकालदेखि नै आवाज उठाएको बताउँदै लालपुर्जा वितरणको तयारी माओवादी सरकारकै पालामा सुरुवात भएको उल्लेख गरे । यसअघि राजश्व बढि भएका कारण रोकिएको पुर्जा अव कुनै बहानामा रोक्न नहुने र जग्गा विहिनलाई यथासक्य छिटो जग्गाको मालिक बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य मोतिलाल ढकाल, संघका केन्द्रिय उपाध्यक्ष यमलाल तिवारी, पार्टी रुपन्देही क्षेत्र नं १ ‘क’ का संयोजक केदारनाथ काफ्ले, क्षेत्र नं १ ‘क’ का इन्चार्ज कृष्ण केसी, नगर अध्यक्ष दीपक न्यौपाने लगाएतले बोल्दै सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने धारणा राखेका थिए । संघका जिल्ला अध्यक्ष चोडा प्रसाद चापागाईको स्वागत र माओवादी केन्द्रका नगर सचिव होमबहादुर विको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij