सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा यौन हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षण

देवदहमा यौन हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षण

images
  • 809
    SHARES

  • images
    images
    images
    देवदहमा यौन हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षण
    images
    images
    images

    लुम्बिनी पाना। देवदह -२ स्थित केरवानी स्वास्थ्य चौकीमा यौन हिंसा न्युनिकरण सम्बन्धि सचेतना/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    केरवानी स्वास्थ्य चौकीको आयोजना र प्रहरी चौकी खैरेनी रूपन्देहीको प्राविधिक सहयोगमा स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि केरवानी स्वास्थ्य चौकी को सभाहलमा यौन हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षणको आयोजना गरिएको हो।

    images
    images
    images

    खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले यौन हिंसाका स्वरुप, न्यूनीकरणका उपाय र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको हिंसा न्यूनीकरणमा भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो।

    तालीममा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, नर्सिङ निरीक्षक माया पुन, जन स्वास्थ्य निरीक्षक एवं केरवानी स्वास्थ्य चौकीका प्रमुख काशिराम रेग्मी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो।

    कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै स्वास्थ्य चौकीका प्रमुख जन स्वास्थ्य निरीक्षक काशिराम रेग्मीले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरुले उपचार तथा परामर्शका लागी आएका सेवाग्राही हिंसामा परेको वा नपरेको पहिचानका र सहजताकाको लागि तालिमको आयोजना गरिएको बताउनुभयो।

    पछिल्लो समय स्वास्थ्य संस्थामा आउने विरामीहरु मनोरोगी र लैङ्िगक तथा घरेलु हिंसामा परेकागरुको संख्यामा वृद्धि भएको देखिएकोले त्यसको न्यूनीकरणका लागी तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

    तालीममा वडा नम्बर २ का स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु सहित अन्य वडाबाट समेत गरि ३० प्रशिक्षार्थीको सहभागीता रहेको थियो।

    कार्यक्रम देवदह -२ का वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बेलुमाया बम्रेलको अध्यक्षता र सिनियर अनमी भगवती भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij