सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल

पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल

images
  • 538
    SHARES

  • images
    images
    images
    पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन्।गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्।

    आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरे जस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले दावी गरेका छन्। अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो।

    images
    images
    images

    आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे। ‘८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको छ, त्यो पूरा हुँदैन’, उनले भने। भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको बताएका छन्। उनले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल एजेन्डा हुनुपर्नेमा जोड दिए।

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij