सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

माधव नेपालको कार्यकर्तालाई बयानः मैले भ्रष्टाचारजन्य कार्य गरेकै छैन

माधव नेपालको कार्यकर्तालाई बयानः मैले भ्रष्टाचारजन्य कार्य गरेकै छैन

images
  • 331
    SHARES

  • images
    images
    images
    माधव नेपालको कार्यकर्तालाई बयानः मैले भ्रष्टाचारजन्य कार्य गरेकै छैन
    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै पनि भ्रष्टाचारजन्य कार्य नगरेको बताएका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले विगतदेखि नै ‘नविराउनु, नडराउनु’ भन्दैआएको र डराउन आवश्यक पनि नरहेको बताएका हुन् । उनले अहिले आफूमाथि आइपरेको चुनौतीको डटेर सामना गरिने पनि बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध काभ्रेको साँगमा रहेको पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उक्त जग्गाको विषयमा आफूले गलत मनशाय र स्वार्थ बाँझिनेगरी कुनै पनि काम नगरेको अध्यक्ष नेपालले बताए ।

    ‘मैले भन्दैआएको छु– नविराउनु, नडराउनु । कुनै गलत काम गरिएको छैन भने, भ्रष्टाचारजन्य काम गरिएको छैन भने आत्तिनुपर्ने छैन । चुनौति आइलागेको छ, चुनौतीको सामना गर्ने हो । कोहीकोही मान्छेहरु चुनौती देखेर आत्तिन्छन्, भाग्छन् मैदान छाडेर । हामीले मैदान छाडेर भाग्ने होइन । चुनौतीको सामना गर्ने हो दृढताको साथ । न्याय र सत्यको पक्षमा उभिएर असल मनशायको साथ कुनै काम गरिएको छ भने, मनशाय राम्रो छ भने उद्देश्य असल छ भने आत्तिनुपर्ने कुनै आवश्यकता छैन । भ्रष्टाचारको उद्देश्य छ भने, आफ्नो स्वार्थ जोडिएको छ भने स्वभाविक रुपमा त्यो गलत हुन्छ । निन्दनीयमात्रै होइन, दण्डनीय पनि हुन्छ । म तपाईँहरुलाई ढुक्क पार्न चाहन्छु– मबाट कुनै पनि भ्रष्टाचारजन्य काम भएको छैन,’– उनले भने ।

    images
    images
    images

    उनले आफूलाई नेपाली जनता र अदालतले न्याय दिने विश्वास व्यक्त गर्ने गर्नेछ । एकीकृत समाजवादीले देशमा कानुनको शासन कायम होुस् भन्ने चाहना राख्ने पार्टी रहेको पनि उनले बताए । आफूहरुले देशकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन चाहेको पनि अध्यक्ष नेपालले बताए । समानता, न्याय र समृद्धिलाई केन्द्रविन्दुमा राखेर आफूहरु अगाडि बढिरहेको उनले बताए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij