सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा अटिजम सम्बन्धि अभिमूखिकरण तथा सचेतना कार्यक्रम

देवदहमा अटिजम सम्बन्धि अभिमूखिकरण तथा सचेतना कार्यक्रम

images
  • 910
    SHARES

  • images
    images
    images
    देवदहमा अटिजम सम्बन्धि अभिमूखिकरण तथा सचेतना कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना ।रुपन्देहीको देवदहमा अटिजम सम्बन्धि अभिमूखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। केरवानी स्वास्थ्य चौकी देवदह २ को आयोजना, समर्पण बाल गृह अटिजम केयर सेन्टर बुटवलको प्राविधिक सहयोग तथा एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुल देवदह को व्यवस्थापनमा अटिजम सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो।

    समर्पण बाल गृहकि संस्थापक अध्यक्ष एवं देवदह मेडिकल कलेजका एसोसियट प्रोफेसर डाक्टर शान्ता शर्माले अटिजमका लक्षण, जोखिम तथा न्यूनीकरणका उपायबारे प्रशिक्षण दिनुभएको थियो।

    images
    images
    images

    कार्यक्रम मा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले बालबालिका सङ्ग सम्बन्धि जानकारीमूलक तथा महत्वपूर्ण कार्यक्रम गरेकोमा केरवानी स्वास्थ्य चौकीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

    उपप्रमुख गुरुङले नगरपालिकाले यसको न्युनिकरण, व्यवस्थापन र सहजिकरणको लागि पालिकाबाटनै यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले मन्तव्य व्यक्त गएनुभएको थियो।

    कार्यक्रममा समर्पण बाल गृहकि सहसचिव लक्ष्मी भुसाल, सदस्य मन्जु श्रेष्ठ, सदस्य रिता थापा बोहोरा , देवदह नगरपालिका नर्सिङ निरिक्षक माया पुन, वडा नम्बर २ का वडा सचिव एवं केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति सचिव फणेन्द्र प्रसाद बगाले, एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुल व्यवस्थापन समिति अध्यक्ष ज्ञानेश्वरी गौडेल, सदस्य बोधराज गौडेल, प्र.अ. केशव खनाल, नमुना एभरग्रिन इङ्ग्लिस बोर्डिङ स्कुलका प्र.अ. कमल पौडेल, वडा नम्बर १ र २ का विद्यालयहरूका शिक्षक शिक्षिकाहरु, अभिभावक, किशोर किशोरी, स्वास्थ्यकर्मी , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।

    समयमै अटिजमलाइ पहिचान गरेर ति बालबालिकामा अटिजम कोकारण आउनसक्ने दिर्घकालिन समस्यालाई न्युनिकरण गर्नका लागि प्रशिक्षणको आयोजना गरिएको केरवानी स्वास्थ्य चौकीले जानकारी दिएको छ।

    प्रशिक्षण कार्यक्रम देवदह नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटी अध्यक्षता, एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलका व्यवस्थापन समिति सदस्य बोधराज गौडेलको स्वागत र केरवानी स्वास्थ्य चौकी देवदह २ का प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij