सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चुलोमा पाइपबाट ग्यास पुग्ने दिन आइसक्यो : प्रधानमन्त्री केपी ओली

चुलोमा पाइपबाट ग्यास पुग्ने दिन आइसक्यो : प्रधानमन्त्री केपी ओली

images
  • 252
    SHARES

  • images
    images
    images
    चुलोमा पाइपबाट ग्यास पुग्ने दिन आइसक्यो : प्रधानमन्त्री केपी ओली
    images
    images
    images

    लुम्बिनी पाना। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिरदेखि दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादन गर्ने बताएका छन्।झापाको विर्तामोडमा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी मंसिरदेखि मिथेन ग्यासको परीक्षण उत्पादन गर्ने बताएका हुन्। उनले यसै आर्थिक वर्षदेखि उक्त ग्यासको परीक्षण उत्पादन थाल्ने बताए। 

    ‘यसै आर्थिक वर्षबाट दैलेखमा पुष्टि भएको मिथेन ग्यासको व्यवसायिक उत्पादन लक्ष्यका साथ अघि बढ्छौं।’ प्रधानमन्त्री ओलीले भने- ‘मैले भनेको थिँए ति चुलोमा पाइपबाट ग्यास जोडिन्छ भनेर, त्यो दिन अब आएको छ। ग्यासका सिलिन्डर बोकेर हिँड्नु पर्दैन, अब पाइपबाट चुलाचुलामा ग्यास जोड्न सकिन्छ।

    images
    images
    images

    दैलेखको भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा ठूलो परिणाममा मिथेन ग्याँस पत्ता लागेको छ। चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ८ महिनासम्म गरेको अध्ययनले १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको पाइएको छ। 

    दैलेखको सिरस्थान-नाविस्थान पादुका र धुलेश्वरमा वर्षो देखि ज्वालाहरू जमिन मुनी ठाउँ ठाउँमा बल्दै आइरहेपछि उक्त स्थानमा चिनियाँ विज्ञटोलीहरूले ४ वर्ष अघिदेखि विभिन्न प्रकारका सर्वे र अनुसन्धान गरेको थियो। 

    चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास जलजलेमा पत्ता लागेको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij