असार ३०,मोरङ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मंगलबार मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बोहरालाई पक्राउ गरेको पुष्टि गरेका हुन् । पक्राउ परेका बोहोराको साथबाट केही हातहतियार र विष्फोटक पदार्थसमेत बरामद गरिएको डीएसपी राईले बताए ।
उनले बोहराको साथबाट कटुवा पेस्तोल एक थान, तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको जानकारी दिए।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij