सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

images
  • 541
    SHARES

  • images
    images
    images
    रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु
    images
    images
    images

    लुम्बिनी पाना, भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा सुरु भएको छ। भैरहवा स्थित होटेल रमादामा रास्वपाको बैठक सुरु भएको हो।

    रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बैठक चलिरहेको छ।बैठक ४ बजेसम्म बस्ने पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।२ बैठकमा राष्ट्रिय राजनीति र पार्टीको आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गर्नका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

    images
    images
    images

    पार्टीका सभापति रवि लामिछाने हाल सहकारी ठगी सम्बन्धि प्रकरणमा पुर्पक्षका लागी जिल्ला कारागार भैरहवामा रहेका छन्। 

    त्यस्तै रास्वपाका सांसदहरूले रुपन्देहीमा बुधबार बिहान कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । सासदहरु रुपन्देहीका विभिन्न पालिकाहरुमा बिभाजित भएर कार्यकर्ता भेटघाट तथा अन्तक्रिर्या गरेका हुन् ।

    सोही क्रममा देवदह पुगेका उपसभापति वाग्लेले पुराना दलले पटकपटक अवसर पाएर पनि केही गर्न नसकेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकलाई समृद्ध बनाउने भन्दै ८४ मा रास्वपाले बहुमत प्राप्त गरे जनताको मत र विश्वास खेर जान नदिने वाग्लेको भनाई थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij