सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह। लायन्स क्लव अफ देवदह युनाइटेडको आयोजनामा तथा लायन्स आँखा अस्पताल बुटवल र लायन्स आँखा अस्पताल देवदहको प्राविधिक सहयोगमा देवदह–२ स्थित सेवेनस्टार इङ्लिस बोर्डिङ स्कुलमा एक दिवसीय वृहत् आँखा शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा विद्यालयका १०५० जना विद्यार्थी र ५८ जना अभिभावकले आँखासम्बन्धी सेवा प्राप्त गरेका थिए। शिविरको क्रममा दृष्टि समस्याबाट प्रभावित २३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने एक जनालाई विशेष छुटका साथ लायन्स आँखा अस्पताल बुटवलमा उपचारका लागि सिफारिस गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिएटि कोर्डिनेटर लायन विष्णु प्रसाद पौडल, विशिष्ट अतिथि वडा नं २ का वडा अध्यक्ष दलबहादुर रास्कोटी र डिष्ट्रिक एडभाइजर लायन रामबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
क्लवका सचिव लायन प्रविण गौडेलले कार्यक्रम संचालन गरेका थिए भने लायन गणेश सापकोटाको अध्यक्षता, लायन टिकाराम चापागाईको स्वागत मन्तव्य र लायन माधव आचार्यको धन्यवाद मन्तव्य रहेको थियो।
लायन्स क्लव अफ देवदह युनाइटेडले दृष्टि परीक्षण र आँखाको उपचारमा सबैका लागि पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यस प्रकारको कार्यक्रमले समुदायमा आँखाको स्वास्थ्यप्रति चेतना अभिवृद्धि गराउनुका साथै आवश्यक सेवामा सहज पहुँच पुर्याउने विश्वास लिइएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij