सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दुबईमा सनातन संस्कारको जगेर्ना : श्रीवैष्णव परिषद् युएईको आयोजनामा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम हुने

दुबईमा सनातन संस्कारको जगेर्ना : श्रीवैष्णव परिषद् युएईको आयोजनामा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम हुने

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    दुबईमा सनातन संस्कारको जगेर्ना : श्रीवैष्णव परिषद् युएईको आयोजनामा जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम हुने
    images
    images
    images

    लुम्बिनी पाना, दुबई, युएई । श्रीवैष्णव परिषद् युएईले प्रत्येक वर्षझैं यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अगस्ट ९, २०२५ (शनिबार) का दिन दुबईमा सम्पन्न हुनेछ।

     

    images
    images
    images

    Messenger_creation_632F34C8-8ED0-4924-84BB-20F257519E20.jpeg

     

    कार्यक्रम संयोजक गणेश जोशीका अनुसार, यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम पण्डित सम्पत कुमार न्यौपाने र पण्डित प्रदीप दाहालको वैदिक विधिपूर्वक पूजन, हवन तथा मन्त्रोच्चारणसहित सम्पन्न हुनेछ। सहभागी भक्तजनहरूले वैदिक विधिअनुसार नयाँ जनै ग्रहण गर्नेछन्।

    "प्रवासमा रहेर पनि सनातन संस्कार र परम्पराको जगेर्ना गर्नु हाम्रो धर्म हो," कार्यक्रमका सल्लाहकार प्रमुख, राप्रपा केन्द्रिय सदस्य तथा सामाजिक व्यक्तित्व तोयानाथ लम्सालले बताउनुभयो।

    कार्यक्रमलाई सफल बनाउन युएईस्थित विभिन्न प्रवासी संघसंस्थाहरूको महत्वपूर्ण सहयोग रहनेछ। हिन्दु जागरण नेपाल युएई शाखा, सनातन गौ संरक्षण अभियान युएई, नवलपुर सेवा समाज युएई, र प्रवासी नेपाली एकता समाज युएईले सहयोगी संस्थाका रूपमा सक्रिय सहभागिता जनाउनेछन्।

    नवलपुर सेवा समाज युएईका अध्यक्ष तथा धार्मिक बौद्धिक व्यक्तित्व गोपाल पराजुलीले भन्नुभयो, "श्रीवैष्णव परिषद् युएईले यस्ता कार्यक्रम आयोजना गरेर विदेशमा पनि नेपाली सनातन धर्म र संस्कृतिको रक्षा गर्दै एकता र जागरणको सन्देश दिइरहेको छ।"

    पण्डित द्वयले युएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरेका छन्।

    कार्यक्रमको समग्र व्यवस्थापन तथा निगरानी श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाले गर्ने जनाइएको छ। विगतका वर्षहरूझैं यसपटक पनि उल्लेखनीय भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij