सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारत उत्तरकाशीको बाढी : बेपत्ता ५० जनाको खोजी तीव्र

भारत उत्तरकाशीको बाढी : बेपत्ता ५० जनाको खोजी तीव्र

images
  • 268
    SHARES

  • images
    images
    images
    भारत उत्तरकाशीको बाढी : बेपत्ता ५० जनाको खोजी तीव्र
    images
    images
    images

    लुम्बिनी पाना।भारत उत्तराखण्डमा आएको भीषण बाढीमा हराइरहेकाहरुको खोजी कार्य तीव्र पारिएको छ।  उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा मंगलबार दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्।

    अहिले त्यस क्षेत्रमा उद्धार तिब्र पारिएको छ। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भएको र खोज कार्यलाई तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। 

    images
    images
    images

    प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।

    भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्रीमार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ। नदी किनाराका बस्तीमा ठूलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ। 

    दिउँसो साढे १ बजे आएको बाढीले २० भन्दा बढी होटल तथा होम स्टे र सैनिक क्याम्प पनि बगाएको छ। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ। 

    भारतीय सेनाका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी र स्थानीय प्रशासनको टोली उद्दारमा खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। लेदोसहितको बाढीका कारण उद्दारमा समेत कठिनाइ भइरहेको जनाइएको छ।

    यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न प्रदेश सरकारलाई निर्देशन दिएका छन्।  विपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि राहत र उद्दारलाई तीब्र पार्न सरकारसमक्ष माग गरेका छन्। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij