सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह नगरपालिकाको १४ वटा स्वास्थ्य संस्थाबाट १ लाख ७५ हजार बढीले लिए सेवा

देवदह नगरपालिकाको १४ वटा स्वास्थ्य संस्थाबाट १ लाख ७५ हजार बढीले लिए सेवा

images
  • 635
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाको १४ वटा स्वास्थ्य संस्थाबाट १ लाख ७५ हजार बढीले लिए सेवा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका स्वास्थ्यसम्बन्धी गतिविधिहरूको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। नगर स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर भित्र सञ्चालन भएका विभिन्न स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि कार्यक्रम, रोग निवारण अभियान र आधारभूत स्वास्थ्य पूर्वाधार विकासका गतिविधिहरूको समग्र मूल्यांकन गरिएको थियो।

    विभिन्न स्वास्थ्य शाखाका शाखा प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमा मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, दीर्घ रोग नियन्त्रण, पोषण सुधार, खानेपानी र सरसफाइ प्रवर्द्धन, विद्यालय स्वास्थ्य कार्यक्रम, र आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी विस्तृत विवरण समावेश गरिएको थियो।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले स्वास्थ्य क्षेत्रलाई नगरको प्राथमिकतामा राख्दै आगामी वर्षमा वडास्तरमै आधारभूत स्वास्थ्य सुविधा सुदृढ बनाउने, स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, आवश्यक जनशक्ति थप गर्ने र डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    उहाँले। समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीको निरन्तर परिश्रमका कार्य सम्पादनमा सुधार भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, वडा नम्बर ४ का अध्यक्ष दमननाथ रेग्मी, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलो सहभागीता रहेको थियो।

    कार्यक्रम देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको स्वागत र जन स्वास्थ्य निरीक्षक गिरी तरामुको संचालनमा सम्पन्न भएको थियो।

    १४ वटा स्वास्थ्य संस्थाबाट १ लाख ७५ हजार बढीले लिए सेवा

    देवदह नगरपालिका स्वास्थ्य शाखाले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा देवदहमा भएका सामुदायिक र नीजी गरि १४ वटा स्वास्थ्य संस्थाबाट १ लाख ७५ हजार ८७८ जनाले सेवा लिएक छन् ।

    जस मध्य महिला १ लाख ८ हजार ६५० र पुरुष ६७ हजार २२८ जना रहेका छन् । देवदहमा नगर अस्पताल १, स्वास्थ्य चौकी २, आधारभूत स्वास्थ्य सेवा केन्द्र ९, नागरिक आरोग्य केन्द्र १, नीजी मेडिकल कलेज १ वटा रहेको छ। देवदहमा खोप केन्द्र १७ वटा र गाउँघर क्लिनिक ५ वटा रहेको प्रतिवेदनमा खुलाइएको छ।त्यस्तै देवदह नगरपालिकामा रहेका ९६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले ५०,७७१ जनालाई सेवा दिएका छन् ।

    त्यस्तै देवदह नगरपालिकाको १२ वटा वडाको वडागत तथ्यांक अनुसार श्रावण २५ गतेसम्म जम्मा २३५१२ घर धुरीले स्वास्थ्य बिमा गरेको उल्लेख छ।यो संख्या साधारण, जेष्ठ नागरिक, अपाङ्ग लगायतको एकमुष्ट विवरण हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij