सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

उज्यालो लाल्टिन प्रतिष्ठानको नि:शुल्क आँखा शिविर, २०७ जना लाभान्वित

उज्यालो लाल्टिन प्रतिष्ठानको नि:शुल्क आँखा शिविर, २०७ जना लाभान्वित

images
  • 555
    SHARES

  • images
    images
    images
    उज्यालो लाल्टिन प्रतिष्ठानको नि:शुल्क आँखा शिविर, २०७ जना लाभान्वित
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवा हरुको समुह उज्यालो लाल्टिन प्रतिष्ठानले शुक्रबार एकदिने आँखा शिविर सम्पन्न गरेको छ । शिविर देवदह–१२ स्थित प्रगति माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको हो। सिविरमा २ सय ७ जनाले आँखा परिक्षण गराएका थिए।

    आँखा जाच गराएका मध्य २५ जना विरामीहरुको मोतिया विन्दुको सल्कृया गर्नु पर्ने देखिएको थियो। जसको उचपार नि:शुल्क गरिने रण अम्बिका आँखा अस्पतालका प्राविधिक वरिष्ठ अधिकृत सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सामाजिक संस्थाद्वारा स्थानीय समुदायमै आयोजना गरिएका स्वास्थ्य शिविरहरू केवल सेवा मात्र नभई समाजप्रतिको उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले आँखा जस्तो अत्यन्तै संवेदनशील अङ्गको जाँच, आवश्यक परे उपचार र शल्यक्रिया जस्ता सेवा निःशुल्क रूपमा उपलब्ध हुनु, विशेषगरी ग्रामीण क्षेत्रका नागरिकका लागि जीवनपरिवर्तनकारी अवसर भएको उल्लेख गर्नुभयो।

    उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगर, देवदह वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव, प्रगती मा.विका प्रधानाध्यापक पार्वती घर्ती मगर, समाजसेवी लेखनाथ ढुङ्गाना, अर्जुन गैरे लगाएतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक विनिता खरेलको स्वागत र सदस्य मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । आफ्नै घर आँगनीमा आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले पनि सहभागीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij