सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय राम प्रसाद बञ्जाडे टंकमणीको शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्ध कदको शालिक अनावरण गरेका हुन्। सो अवसरमा टंकमणि एक क्रान्तिबीज पुस्तकको विमोचन गरिएको छ ।
सो अवसरमा प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालिन सप्लाई विभागको भुमिका महत्वपूर्ण भुमिका रहेको बताए । टंकमणिले सप्लाई विभागमा रहेर दशबर्षे जनयुद्ध सफल बनाउनु भुमिका खेलेको स्मरण गरे। उनले जनयुद्धको समयमा जोखिम युक्त जिम्मेवारी लिएर काम गर्ने गरेको टंकमणि शाहसी योद्धा भएको बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादीको मात्र नभइ सिंगो समाजको नेता भएको बताए । उनले बुटवल उपमहानगर सबै पक्षलाई समेटेर अघि वढीरहेको बताए । बुटवल सबैको साझा भएको जिकिर गर्दै पाण्डेले परिवर्तनका लागि लडेका योद्धाहरुको सम्मानमा उपमहानगरले कदर गरेको दाबी गरे ।
आफुहरु काग्रेस माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्के पनि पालिकामा गठबन्धनको मर्म अनुसार काम गरेको जानकारी गराए ।
कार्यक्रममा पार्टीका उपमहासचिव बर्षमान पुन, पार्टी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणि खनाल, पूर्व सभामुख ओनसरी घर्ति, पूर्व मन्त्रीहरु रेखा शर्मा, पार्टीका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल प्रसाद केसी, जोख बहादुर महरा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । स्व.टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij