मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रास्वपा उम्मेदवार थापाको पत्रकार सम्मेलन स्थगित

रास्वपा उम्मेदवार थापाको पत्रकार सम्मेलन स्थगित

images
  • 309
    SHARES

  • images
    images
    images
    रास्वपा उम्मेदवार थापाको पत्रकार सम्मेलन स्थगित
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि छनोट गरेका उम्मेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित भएको छ । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित गरिएको हो। 

    थापाको उम्मेद्वारी टुंगिए लगत्तै बहु विवाह, २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक समानुपातिक सांसद, पार्टीको गोप्य मिटिंग रेकर्ड लगायतका फन्दा बाहिरिएको थियो। 

    images
    images
    images

    आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । तर, अर्को समय तोकिएको भने छैन । रास्वपाले गत साउन ७ देखि भदौ ८ गतेसम्म रूपन्देही–३ को उपनिर्वाचनको लागि उम्मेदवार चयन प्रक्रिया चलाएको थियो ।

    आइतबार मात्र डा लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको थियो । तर, उनलाई उम्मेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो । थापाको उम्मेद्वारीको विषयमा प्रश्न उठ्न थालेपछी विभिन्न टिका टिप्पणीहरु भैरहेको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij